खोटाङ महोत्सवको सन्दर्भमा

  • प्रकाशित मितिः फाल्गुन १४, २०७६
  • 1693 पटक पढिएको
  • संवादताता

केदार मगर–

'आयोजकसंग दृष्टिकोण अभावकै कारण महोत्सव अर्थहीन र अधोगतिको मेला सावित भएको स्थानीय बुद्धिजीविहरुको भनाई छ ।'

खोटाङ दिक्तेलको माटिकोरेमा प्रथम खोटाङ महात्सव भर्खरै सकिएको छ । गत फागुन २ गतेदेखि सुरु महोत्सव फागुन १२ गतेसम्म चलेको थियो । यो महोत्सवबाट खोटाङ उद्योग वाणिज्य संघले करिब एक अर्बको ब्यापार गर्ने लक्ष्य राखेको थियो । यसका साथै पर्यटन प्रबद्र्धनको अपेक्षा समेत गरिएको थियो । तर यो अवधिसम्म आउ“दा त्यसो देखिएन । स्थानीय उत्पादनका स्टलभन्दा बाहिरको स्टल राखिएको थियो । यसप्रति आलोचना समेत भइरहेको छ । 
महोत्सवबाट लक्ष्य हासिल गर्न जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायको समेत सहभागिता देखिन्थ्यो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मात्र दश लाख रुपैया“ उपलब्ध गराएको छ । महोत्सवको मुख्य प्रायोजन मगमग तयारी चाउचाउले गरेको छ । उक्त महोत्सवस्थलमा हेर्दा महोत्सव हैन कुनै ठाउ“मा पर्व विशेष मनाइने मेला या जात्रा भन्दा फरक थिएन । आर्थिक सम्पन्नताका लागि जिल्लामा महोत्सव गर्न लागिएको भनिएको मेलामा स्थानीय उत्पादन बिरलै मात्र राखिएको थियो । उक्त महोत्सवमा एक सय २० वटा साना ठूला स्टल राखिएको थियो । 
महोत्सवमा बाहिरबाट आएका र ल्याइएका व्यवसायीहरुकै बिगबिगी रहेको खोटाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजु लयालुको भनाई छ ।  बालबालिकालाई मनोरञ्जन दिने खेलहरुको अलवा युवापुस्तालाई मनोरञ्जन दिने सांगीतिक कार्यक्रमहरुमा समेत जिल्ला बाहिरकै कलाकारलाई स्थान दिइएको थियो । यद्यपि यसमा प्राविधिक कारणले यसो भएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राईको भनाई छ । यसबाहेक मुल आयोजकले महोत्सवको सम्पूर्ण व्यवस्थापन गर्नुपर्नेमा केही त्रुटिहरु देखिएको स्थानीयको आरोप छ । उद्घाटन समारोहमा आशनग्रहणदेखि अन्य थुप्रे ठाउ“मा त्रुटी देखिएको गुनासा छन् ।
महोत्सवमा स्थानीय कृषि उपज, जडिबुटी, ह्याण्डीक्राफ्ट, कृषि प्रविधि, औधोगिक उत्पादन, बैङ्क तथा वित्तीय संस्था र सेवा, अटोमोबाइल, सवारी साधन, फ्लोरिकल्चर, गार्मेन्ट लगायतका स्टल रहेको आयोजकले दाबी गरेको छ । महोत्सवमा राखिएका स्टल व्यापारिक प्रयोजनका लागि मात्र भएको अवलोकनकर्ताले बताएका छन् । 
उद्घाटन हुनुपूर्व उद्घोष गरिएका विषयहरु जस्तै सूचना प्रविधि प्रदर्शनी, कृषिजन्य वस्तुको प्रतियोगितात्मक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातीय खानाका मौलिक परिकारको बिक्री तथा प्रदर्शनीहरु छुटेका थिए । जिल्लामै पहिलो पटक आयोजना गरिएको महोत्सवले एउटै थलोमा विभिन्न व्यवसायीबीचको जमघट हुने र सिक्ने र सिकाउने अवसर सिर्जना हुने अपेक्षा राखिए पनि खास उपलब्धिमुलक भएको देखिन्न । 
महोत्सवमा राखिएका बाल उद्यान तथा अन्य खेलका लागि समेत बाहिरबाट आएका थिए । यी सबै ल्याएर जिल्लामा रहेका आम नागरिकको खल्तीमा भएको रकम बाहिरै पठाउने काम भएको जिल्लावासीको आरोप छ । महोत्सव सञ्चालनको जिम्मा ठेक्का शैलीमा भएकाले जिल्लावासीका लागि कुनै उपलब्धि नभएको गुनासाहरु आएका छन् । महोत्सवको विषयलाई लिएर अहिले सामाजिक सञ्जाल फेसबुकमार्फत धेरैले बिरोध भइरहेका छन् । 
यति मात्र होइन प्रगतिशील लेखक सङ्घ खोटाङले कलाकार छनौटमा पुनः विचार गरियोस भन्दै ज्ञापनपत्र समेत बुझाएको थियो । सङ्घले ज्ञापनपत्र बुझाए पनि आयोजकले बेवास्ता गर्दै विवादित कलाकार महोत्सवमा ल्याएर प्रस्तुति गराइएको थियो । यसले प्रश्न चिन्ह खडा भएको छ । सरकारले अवलम्बन गरेको समृद्ध नेपालको अभियानमा महोत्सवले टेवा पु¥याउ“छ भन्ने अपेक्षा गरिएको विषय अझ गम्भिर बनेर आएको छ । दश दिने महोत्सवले जिल्लाका व्यवसायीलाई फाइदा हुने र व्यापार मन्दीका कारण थला परेका व्यवसायीलाई यो महोत्सवले केही हदसम्म राहतको महशुस गराउ“छ भन्ने आशा तुषारापात भएको जिल्लावासीको भनाई छ ।
महोत्सवमा खाजा तथा खाना खाने होटलदेखि बेचिने कपडा समेत बाहिरकै व्यवसायीको थियो । जिल्लामा प्रति प्लेट ८० रुपैया“मा पाइने मःम महोत्सवमा एक सय ७५ मा बिक्री गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा बिरोध भइरहेको छ । यस वर्ष दिक्तेलमा सञ्चालन भएको महोत्सवले जिल्लामा तीन वर्षसम्म आर्थिक मन्दी हुने दिक्तेलबजारका चौकचौकमा टिप्पनी हुने गरेको पाइन्छ । बाहिरका व्यापारीले जिल्लावासीको लाखौं रकम लगेको अनुमान गरिएको छ भन्छन् उक्त महोत्सवमै किराती भेषभुषा तथा सामग्री स्टल राखेका युगशन किराँती ।
महोत्सवकै विषयलाई लिएर समाजवादी पार्टी नेपाल खोटाङका नेता सूर्यबहादुर राईले महोत्सवको केही तस्विरसहित फेसबुकमा राखेर स्टाटस लेखेका छन् । ‘दिक्तेल महोत्सवको पहिलो दिन अध्ययन गरियो ।’ राईले स्टाटसमा भनेका छन्–‘खोटाङको आर्थिक विकासमा कति टेवा पुग्छ ? म नाजवाफ छु ।’
बिना अनुभव महोत्सवको आयोजना गरिएकाले केही कमजोरी भएको आयोजक खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राईले स्वीकरेका छन् । ‘जिल्लामा पहिलो पकट महोत्सवको आयोजना गरियो ।’ राईले भने–‘आगामी दिनमा सिक्दै जाने हो ।’
जिल्लामा भएका उत्पादनहरु खाडी-पाखी, हाते कागज, बा“स तथा बेतका सामग्रीहरु जस्ता कुराहरुलाई राख्न सकेको भए महोत्सवको सार्थकता रहने जिल्लावासीको ठहर छ । महोत्सवमा स्थानीय संस्कृति संगिनी, वालन, साकेला सिली, मारुनी, लाखे नाच, लोक जुवारीजस्ता कार्यक्रमहरु समेटेर दैनिक एकएक दिन कार्यक्रम राख्न सकेको भए अझ महोत्सवको रौनकता थपिने थियो । ज्योति मगर, दुर्गश थापा लगायतका विवादित कलाकारहरुको प्रस्तुति भन्दा स्थानीय संस्कृतिको प्रबद्र्धन गरेको भए उत्तम हुने थियो । किन भने यस्ता खाले प्रस्तुतिले समाजलाई के दिन्छ भन्ने विषयमा ध्यान नदिइदा समस्या आएको स्थानीय बताउ“छन् । आयोजकसंग दृष्टिकोण अभावकै कारण महोत्सव अर्थहीन र अधोगतिको मेला सावित भएको स्थानीय बुद्धिजीविहरुको भनाई छ ।
प्रकाशित मिति २०७६ फागुन १४

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित