नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ३–हलेसीमा आयोजित राष्ट्रिय कविताको प्रथम पुरस्कार सुनसरीका किरण सिवाले चुमेका छन् । नेपाल खेलकुद प्रतिष्ठानको आयोजना तथा रावा–सावा प्राज्ञिक समाज र टेम्के तुवाचुङ प्रतिष्ठानको सहआयोजनामा हलेसीको जाम्बाला होटलमा जेठ ३ गते आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगिताको उपाधि जितेका हुन् ।
बिर्खे दमाईको आवाज शीर्षकको कवितामा उनले ४० हजार नगद, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा भोजपुरका सङ्ग्राम राईले दोश्रो पुरस्कार जितेका छन् । वाध्यता कि रहर शीर्षकमा राईले नगद २५ हजार, मेडल र प्रमाणपत्र पाएका छन् । तेश्रो हुने उदयपुरका जीवन चाम्लिङले भरिया दाइ शीर्षकको कवितामा नगद १७ हजार, मेडल र प्रमाणपत्र हात पारे । चौथो हुने सिन्धुलीका बाबुराम श्रेष्ठले छमकली रोकाया शीर्षकमा नगद ११ हजार र प्रमाणपत्र पाएका छन् भने भोजपुरकी सकिला राईले ‘म यात्री मनको’ शीर्षकमा नगद सात हजार र प्रमाणपत्र पाएका छन् ।
खोटाङमा जारी प्रथम बृहत खोटाङ हलेसी खेलकुद साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रम नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा भएको हो । यसै अवसरमा कवि जसराज किरातीलाई सम्मान गरिएको छ । नगद ११ हजार, एक सय ११ रूपैयाँ सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ ।

तस्बिर सौजन्य : चिसाङ शेर्पा
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानको तर्फबाट किरात र जोसमनी सन्त दर्शनमाथि कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । किरात दर्शनमाथि भोगीराज चाम्लिङ र जोसमनी सन्त दर्शनमाथि डिआर पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, प्रज्ञाप्रतिष्ठानका दर्शनशास्त्र विभागका डा. कृष्णराज अधिकारी लगायतको सहभागिता थियो । उक्त कार्यक्रम टेम्के तुवाचुङ प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेको अध्यक्षतामा भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५—अटो दुर�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४—दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित