उच्च तहसम्म छोरी–बुहारी बढाउ“ने सासु–आमालाई सम्मान

  • प्रकाशित मितिः फागुन १७, २०७८
  • 1036 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १७–उच्च तहसम्म छोरी–बुहारी पढाउ“ने सासु–आमालाई सम्मान गरिएको छ । रावाबेसी गाउ“पालिका–२ खार्पास्थित रावा क्याम्पर्सले बुहारी र छोरी पढाउ“ने सासु र आमालाई सम्मान गरेको हो ।
बुहारीलाई पढाए वापत हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी देवीमाया“ पुरी सम्मानित भएकी छन् । उनले बुहारी पूजा गिरीलाई क्याम्पस पढाएपछि क्याम्पसले दोसल्ला ओढाएर सम्मान गरेको हो । त्यस्तै छोरी पढाउ“ने खार्पाकी विष्णुकुमारी श्रेष्ठ पनि सम्मानित भएकी छन् । उनले रञ्जना श्रेष्ठलाई पढाएवापत सम्मान गरिएको हो ।
क्याम्पसको १४ औं वार्षिकोत्सवको अवसरमा फागुन १६ गते एक हजार पा“च सय नगद सहित सम्मान–पत्रले सम्मान गरिएको हो । उनीहरुमध्ये पूजा बिएड तेश्रो वर्ष र रञ्जना बिएड दोश्रो वर्षमा अध्ययनरत छन् ।
बुहारी पढाउ“ने देवीमाया“ र छोरीलाई क्याम्पस तह पढाउ“ने विष्णुकुमारीले समाजमा ‘बुहारी र छोरीलाई पनि उच्च शिक्षाका लागि साथ दिनुपर्ने’ भन्ने सन्देश दिएकाले सम्मान गरिएको रावा क्याम्पसका प्रमुख दीपक पोखरेलले बताए ।
रावा क्याम्पसका अध्यक्ष तथा रावाबेसी गाउ“पालिका अध्यक्ष लिलानाथ निरौलाको सभापतित्वमा भएको वार्षिकोत्सवको अवसरमा कृषि अर्गानिक खेती चुनौतीको विषयमा मावि स्तरीय वक्तित्वकला, पुरुष हन्डिफोर, महिला फुक्की बल लगायतका प्रतियोगिता आयोजना गरिएको थियो । क्याम्पस संरक्षक समितिका संयोजक हरिब पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउ“पालिका उपाध्यक्ष समला राई, कार्यपालिका सदस्यहरु पुण्यकुमारी मगर, रिजन भुजेल, शिक्षा शाखा प्रमुख तीर्थराज दाहाल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित