खोटाङमा उधौली साकेला नाचियो

  • प्रकाशित मितिः पुष ४, २०७८
  • 824 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ४–जिल्लाको विभिन्न ठाउ“मा उधौलीको अवसरमा साकेला सिली नाचिएको छ । मझुवागढी, तुवाचुङ, कपासे भन्ज्याङ लगायतका विभिन्न ठाउ“मा साकेला सिली नाचिएको हो । 
मझुवागढीमा किरात राई यायोक्खा, किरात सेवा समाज खोटाङ र मझुवागढी संरक्षण समितिको आयोजनामा मझुवागढी, उधौली साकेला ना“चिएको हो ।
उधौली साकेलामा बालबालिकादेखि पाकासम्मले साकेला सिली ना“चेका हुन् । किरातीहरुले मङ्सिरे पूर्णीमामा उधौली र बैशाखे पूर्णीमामा उभौली गरी वर्षमा दुई चोटी साकेला सिली ना“च्ने परम्परा छ । 
यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले उधौली मनाइएको किरात राई यायोक्खाका सचिव युगसन किरातले बताए । किरातका अनुसार उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा आराधना गर्ने चलन छ । त्यस्तै बैशाखे पूर्णीमाको बेला मनाइने उधौलीमा खेतीपाती राम्रो होस्, प्रकृति प्रकोप आइनपरोस लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने किराती संस्कृति छ । 
साकेला सिली किरातीहरुले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत ना“च्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिको रुपमा विकास भएको मझुवागढीमा भएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताए । उधौलीको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित चाम्लिङले भने–‘उधौली साकेला किरातीहरुको मात्र होइन, सबै जाति समुदायको हो ।’
उधौलीकै अवसरमा मझुवागढी आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले किरातीहरु परम्परागत साकेला तथा मझुवागढीको संरक्षण तथा प्रबद्र्धनमा नगरपालिकाले विशेष भूमिका निर्वाह गर्ने बताए । मझुवागढीमा आयोजित शुभकामना कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उपप्रमुख विणादेवी राई, नेपाल आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष फुर्बा शेर्पा लगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित