आदिवासी जनजाति युवा महासंघले स्वास्थ्य सामग्री वितरण ग¥यो

  • प्रकाशित मितिः असोज 17, 2078
  • 1203 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज १७–आदिवासी जनजाति युवा महासंघले स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । हलेसी तुवाचुङ नगर स्वास्थ्यचौकी र वडा नं. ५ हैदेस्थित उपस्वास्थ्य चौकीमा कोभिडसम्बन्धी उपचार सामग्रीहरु वितरण गरेको हो ।
मास्क दुई सय ३० थान, थरमर गन चार थान, सेनिटाइजर चार थान, पल्स अक्सिमिटर चार थान, साइनेक्स १० थान, जिन्क नौ थान, डिजिटल थर्ममिटर चार थान, पिसियम दश थान, ओआर एस दश प्याकेट र भिटामिन सी १० थान डा. डाक्टर पवन श्रेष्ठ र रामेश्वर चौधरीलाई वितरण गरिएको युवा नेता दिनेश राईले बताए । यसै गरी हैदे उपस्वास्थ्य चौकीमा पिपिई दुई थान, मास्क ७० थान, थरमरगन चार थान, सेनिटाइजर, पल्स अक्सिमिटर चार थान, साइनेक्स चार थान, जिन्क चार थान, डिजिटल थर्ममिटर दुई थान, पिमियम चार थान, ओआर एस ४ प्याकेट र भटिमिन सी ४ थान प्रदान गरिएको संस्थाका सस्थापक सचिव राजुविक्राम चाम्लिङले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित