कोरोना संक्रमण बढेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्र सिल

  • प्रकाशित मितिः भदौ १, २०७८
  • 1204 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्र सिल गरिएको छ । कोरोना संक्रमण तिब्र रुपमा बढेपछि नगरक्षेत्र भदौ १ गतेदेखि दश दिनका लागि सिल गरिएको हो ।
नगरक्षेत्रभित्रका सरकारी कार्यालयहरुको सेवा समेत बन्द गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजालले बताए । यसबाहेक यातायात, बजार÷पसल लगायतका सार्वजनिक सेवाहरु ठप्प गरिएको छ । तरकारी पसल भने विहान सातदेखि नौ बजेसम्म खुल्ला गरिएको छ । ‘यो पछिल्लो अवधिमा कोरोना संक्रमणको संख्या ह्वात्तै बढेको देखियो ।’ नगरप्रमुख रिजालले भने–‘दश दिनसम्म चाहि“ कडाइका साथ सिल गरिएको हो ।’
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने सरकारी कार्यालयहरु तथा बैंकहरुको अत्यावश्यक सेवा भने बन्द नगरिएको बताएका छन् । नगरक्षेत्रमा एक हजार दुई सय ३४ जना संक्रमित भएकामध्ये एक सय ३४ जना आइसोलेसनमा छन् । एक हजार ६८ जना निको भएका छन् भने २७ जनालाई रेफर गरिएको छ । कोरोनाले आठ जनाको ज्यान गएको छ । यद्यपि मृत्यु भइसकेपछि परीक्षण गर्दा संक्रमित हुनेको संख्या भने थुप्रै रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्यले बताए । कोरोना परीक्षण गर्न पहु“च नभएका र नचाहेकाहरुको मृत्यु भएकाहरुको विवरण नराखिएको आचार्यले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित