सविना अछामे–
खोटाङ, बैशाख २३–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा प्रवेश गर्न पीसीआर रिपोर्ट चाहिने भएको छ । कोरोना महामारीका बेला पालिका प्रवेश गर्ने व्यक्तिको पीसीआर परीक्षण रिर्पोट अनिवार्य गरेको हो ।
गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्यदलको बैशाख २२ गते बसेको बैठकले कोरोना महामारीको अवधिमा पालिका वा जिल्ला बाहिरबाट आउने जो सुकैलाई ७२ घण्टाभित्रको पीसीआर परीक्षण गरेको रिपोर्ट अनिवार्य गरेको हो । यसका साथै पीसीआर परीक्षण गरेको रिपोर्ट पेश गरे पनि थप दश दिन क्वारेन्टाइनमा समेत अनिवार्य बस्नु पर्ने निर्णय गरेको अध्यक्ष राईले बताए ।
बैठकले उक्त पालिकाको वडा नं–१ याम्खामा बनाइएको अस्थायी कोभिड अस्पतालमा अक्सिजन सहितको २५ बेडको आइसोलेसन बनाउ“ने, कोरोना भाइरसको संक्रमणको लक्षण देखिएकाले अनिवार्य रुपमा गाउ“पालिकाको अस्थायी कोभिड अस्पताल याम्खामा गएर स्वाब संकलन गराउ“नु पर्ने लगायतका निणर्य गरेको छ ।
गाउ“पालिकाभित्रका सम्बन्धित वडाका वडाध्यक्षको संयोजकत्वमा कोभिड वडा समन्वय समिति गठन गर्ने, कोभिड वडा समन्वय समितिले महिला स्वयम् सेविकाको संयोजकत्वमा प्रत्येक टोलमा कोभिड समन्वय उप–समिति गठन गर्ने समेत निणर्य गरिएको छ । कोभिड वडा समन्वय समितिले हरेक दिन जिल्ला बाहिर वा विदेशबाट आएकाहरुको अभिलेखीकरण गरी त्यसको तथ्याङ्क गाउ“पालिका स्वास्थ्य शाखा संयोजकलाई उपलब्ध गराउनु पर्ने निणर्य गरेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५—अटो दुर�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४—दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित