सविना अछामे–
खोटाङ, बैशाख २१–जिल्लामा फेरि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१ का २१ र वडा नं–२ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
दिक्तेल अस्पतालमा बैशाख २१ गते गरिएको एन्टिजेन परीक्षण गर्दा उनीहरु संक्रमित पुष्टि भएका हुन् । जम्मा चार जनामा गरिएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुको कन्टयाक ट्रेसिङमा रहेका अन्यको समेत एन्टिजेन परीक्षण गरिने तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।
दुई दिनअघि साकेला गाउ“पालिका–१ बा“झेच्यानडाडा“का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको स्थानीय आइसोलेसनमा उपचार भइरहेको साकेला गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५—अटो दुर�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४—दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित