साकेला गाउपालिकाले शिक्षा ऐन पारित ग¥यो

  • प्रकाशित मितिः पुस २९, २०७७
  • 2207 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
मानेभञ्ज्याङ (खोटाङ) पुस २९–साकेला गाउ“पालिकाले शिक्षा ऐन, २०७७ पारित गरेको छ । ऐन पारित भएप्छि शिक्षासम्वन्धी काम गर्न कानूनी आधार तयार भएको छ । गाउ“पालिकाको पुस २८ गते सम्पन्न १० औं गाउ“सभाले उक्त ऐन पारित गरेको हो ।
गाउ“सभाले १७ परिच्छेद ९८ दफा र १७ अनुसूची समावेश सहितको ऐन पारित गरेको हो । उक्त ऐन आएपछि सामुदायिक विद्यालयमा रिक्त रहेका अंग्रेजी, गणित, विज्ञान, लेखा, कम्प्युटर, सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, पशुपालन वा बाली विज्ञान लगायतका प्राविधिक विषयको जनशक्ति परिपूर्ति, अस्थायी अध्ययन अनुमतिपत्र जारी लगायतका कामको बाटो खुलेको छ । 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित