नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १२–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा विद्यालय सुरुसुरु भएको छ । कोरोना भाइरस संक्रमणले बन्द विद्यालय असोज ११ गतेदेखि सुरु भएको हो ।
गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार यो पालिकाभरिको ४८ विद्यालयमै पठन–पाठन सुरु भएको छ । यो पालिकामा १४ माध्यमिक विद्यालय, १९ आधारभूत विद्यालय र १५ प्राथमिकतह गरी पा“च हजार पा“च सय १२ विद्यार्थी छन् । उनीहरुलाई सामाजिक दूरी कायम गरेर पढाउन सुरु गरिएको अध्यक्ष राईको भनाई छ । सामाजिक दूरी कामय गर्दा विद्यालय भवनले नपुगे सिकाई केन्द्र, सचेतना केन्द्र, आमा समूहको भवनहरु समेत उपयोग गरिने राईले सुनाए । उक्त पालिकाभरि दुई सय ५४ जना शिक्षकले पढाई रहेको राईले सुनाए ।
विद्यालयहरुले आफ्नो अनुकूलतामा विहान, दिउसो, बेलुकी जुनसकै बेला पनि पढाउ“ने व्यवस्था गरेको छ । सामाजिक दूरी कायम गर्न जोरबिजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई सिकाई केन्द्रमा बोलाइएको अध्यक्ष राईले सुनाए । विद्यालयमा भिडभाड हुने भएकाले टिफिन टाइम समेत कटौती गरिएको छ । शैक्षिक–सत्रको सुरुबाट पठन–पाठन गर्न नसकिएकाले यो वर्षको वर्षे विदा समेत कटौती गर्ने निर्णय गरिएको छ ।
गाउ“पालिकाको असोज ९ गतेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार पठन–पाठनलाई सुचारु गराउ“ने निर्णय गरेपछि विद्यालय सुरु गरिएको अध्यक्ष राईको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित