बम बानिया-
गुरु
मलाई उड्ने रहर छ
चराजस्तै
आकाश चुम्ने चाहना छ
बगैचा मात्र हैन
कसैको घर सजाउन
गमलामा मात्र हैन
भिरपाखामा फुलेर
सुगन्ध छर्ने तृष्णा छ
सधै
किताब कापी र गृहकार्यको
चपेटा भन्दा माथि उठेर
किताबबाट टाढारहेका
मजस्तैहरुसंग
हातेमालो गर्दै
देशले भनिरहेको
समृद्धिको खाका कोर्ने सपना छ
गुरु
मिल्छ भने मनाई
थप यी यस्ता मौकाहरु दिनुहोस
म यो चार कोठे कक्षा कोठा भन्दा
बाहिर निस्कन चाहन्छु
मलाई बुझ्नुहोस्
यति मलाई बुझ्नुभो भने
म हजुरलाई सम्झिन
कुनै पूर्णीमा पर्खिने छैन ।
प्रकाशित मिति २०७५ साउन ११
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित