नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ७–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा साउन ७ गतेदेखि पठन–पाठन सुरु भएको छ । उक्त पालिकाले टोल–टोलमा पठन–पाठनको व्यवस्था गरेको हो ।
गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार उक्त पालिकाका ४८ विद्यालयका पा“च हजार पा“च सय १२ विद्यार्थीका लागि टोल–टोलमै पढाई सुरु गरिएको हो । उक्त पालिकाका विभिन्न आमा समूह भवन, सचेतना केन्द्रहरु, नजिकका विद्यालय लगायतका विभिन्न ठाउ“हरुमा पठन–पाठन सुरु गरिएको अध्यक्ष राईले सुनाए । यसका लागि दुई सय ७६ मध्ये दुई सय ७४ जना शिक्षक खटिएका छन् । दुई जना भने जिल्ला बाहिर भएकाले अनुपस्थित भएको अध्यक्ष राईले बताए । उनीहरुलाई पनि चाडो आउन भनिएको राईले सुनाए । उक्त पालिकामा १४ माध्यमित, १९ आधारभूत र १५ प्राथमिक विद्यालय छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित