नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २–नमूना विद्यालय विकासका लागि खोटाङबजारस्थित भगवती दिनानाथ मावि छानिएको छ । नमूना विद्यालय विकास तथा सञ्चालन निर्देशिका २०७४ अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको असार ३१ गतेको मन्त्रीस्तरीय निर्णयले खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित उक्त विद्यालय छनौटमा परेको हो ।
मन्त्रीस्तरीय निर्णयमा मुलुकभरका सय वटा नमूना विद्यालय छानिएको हो ।
आर्थिक वर्ष २०७६÷०७७ मा शिक्षा, विज्ञान तथा प्रविधि विकास केन्द्र विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाबाट विगतमा नमूना विकासका लागि विद्यालय छनौट नभएका स्थानीय तह अन्तरगतका सय वटा विद्यालयलाई नमूना विकासका लागि छनौट गर्न गत असोज १६ गते सूचना प्रकाशन गरेको थियो । प्रकाशित सूचनाका आधारमा आवेदन दिएकामा आफ्नो विद्यालय नमूना विकासका लागि छानिएको भगवती दिनानाथ माविका प्रअ कुमार पराजुलीले बताए । शिक्षा, विज्ञान तथा प्रविधि विकास केन्द विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा्रले जारी गरेको सूचनाको १५ औं नम्बरमा भगवती दिनानाथ माबिको नाम उल्लेख छ ।
२००६ साल जेठ १५ गते स्थापना गरिएको भगवती दिनानाथ माविमा अहिले साडे सात सय विद्यार्थी अध्यायनरत छन् । कक्षा १२ सम्म पठन–पाठन हुँदै आएको उक्त विद्यालयमा यस वर्ष प्राविधिकधारतर्फ बालीविज्ञान विषयको पठन–पाठनका लागि स्वीकृति प्राप्त भएको प्रअ पराजुलीले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित