चित्रकुमार सुवेदी–
घासीको कुवा खन्ने सपनालाई
विपना पार्ने भानुभक्तहरु
तलव गोजीमा हालेर
गरिवलाई बा“ड्दा बा“ड्दै
आफूले लाएको कोट समेत
बा“डेर हिड्ने देवकोटाहरु
तपाई देश चलाउनु
प्रधानमन्त्री बन्नु
ऊ किसुनजीलाई दिनुन
भन्ने गणेशमानहरु
मर्न नहिच्किचाउने गङ्गालालहरु
कुर्सीसंग मोहित नभएका पुष्पलालहरु
जनयुद्धमा
देशका लागि हा“सी–हा“सी
गोली थाप्ने वीर जनमुक्ति सेनाहरु
सम्झन्छु र गर्वले छाती फुल्छ
झन अग्लो देख्छु सगरमाथा
यो बेला,
सुन्छु समाचारका हेडलाइन
मेसिन, औषधी, घोटाला
अध्यादेश, बैठक
लिपुलेख, कालापानी
रेलमार्थ, एमसीसी
लाग्छ मर्न पाए पनि हुन्थ्यो कोरोनाले
सबै कुरा सहन सकिदो रहेछ
तर सहन सकिदो रहेन छ
धुरु–धुरु रोएको दश
र आमा देखेर ।
प्रकाशित मिति २०७७ असार २९
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित