(कविता) म मुद्दा हाल्न आएको श्रीमान

  • प्रकाशित मितिः साउन 6, 2075
  • 2190 पटक पढिएको
  • संवादताता

चित्रकुमार सुवेदी-
श्रीमान,
मुद्दा हाल्न आएको म
दर्ता गरिदिनुहोला
अहिलेसम्म
धेरै मुद्दाहरु
दर्ता गर्नुभो
फैसला गर्नुभो
सजाय गराउनुभो
एउटा कुखुरो मारेको
एउटा कुकुर किचिएको
एकाध ढुकुर र परेवालाई
गुलेलीले लागेको
एक दुई खसी बोका काटेको
दुई चार सु“गुर रोपेको
हत्याको अभियोगमा
धेरैलाई थुन्नुभो
सु“गुर छु“दै नछुनेलाई
सु“गुर मारेको आरोपमा
बाख्रा देख्दै काप्नेलाई
बोका काटेको आरोपमा
सजाय भोगाउनुभो
जेल पठाउनुभो
श्रीमान,
यसपल्ट म
फारामै खोलेर कुखुरा काट्ने
फारामै खोलेर खसी बोका काट्ने
फारामै खोलेर सु“गुर रोप्ने
फारामै खोलेर राँगा भैँसी मारेर
मःमः बनाउनेको नामावली र प्रमाणसहित
मुद्दा हाल्न आएको छु
हात नकमाइकन
नआत्तिकन
नडराइकन
दर्ता गर्नुस् मुद्दा
फैसला गर्नुस् र कारबाही गर्नुहोस्
यो देशमा हालसम्म
एकाध खसी बोका काट्नेले
सजाय पाइरहे
फारामै खोलेर काट्नेले
उन्मुक्ति पाइरह्यो
अब पनि
महाशय,
मुखले भनेर मात्रै हु“दैन समृद्ध मुलुक
सुखी नेपाली
नाङ्ला पसलेलाई खेदेर
डिपार्टमेन्टभित्रको कालो कर्तुत
जबसम्म समाप्त हु“दैन
तबसम्म मुलुक समृद्ध हुदैन
त्यसैले म मुद्दा हाल्न आएको श्रीमान
देश बिरोधीहरुको विरुद्धमा ।।

प्रकाशित मिति २०७५ साउन ६

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित