ढुङ्गाको मन (कविता)

  • प्रकाशित मितिः जेठ 16, 2077
  • 2023 पटक पढिएको
  • संवादताता

रोशन परियार–

ठिकै भन्यौ
उसको मन ढुङ्गाको रहेछ
र त
बार–बार ठोक्किएँ
आक्रोशका खुनहरु उम्लिए
दुखाईका धुनहरु गुञ्जिए
समय–समयमा
कानुनका कानहरुलाई सुनाइरहें

बेथितिहरुमा निर्मला पन्तको आँशुलाई गुन्गुनाएँ
विभेदहरुमा नवराज विकको रगतलाई सुम्सुम्याएँ

मैले काटिएको जिब्रोबाट अधिकारको आलाप तानिरहें
बाँधिएको घाँटीबाट मुक्तिको लय निकालिरहें
युग परिवर्तनको सिङ्गो सरगम गाइरहें

अपसोच
मदिराहरुको भजन पिएर
अत्याधुनिक इयरफोनमा, चर्को आवाजले
उसका कानहरु त
उलाला.... उलाला सुनिरहेका हुँदा रहेछन्

हो रहेछ
उसको मन त ढुङ्गा कै रहेछ
र बेला–बेला ढुङ्गामाथि बसेर
छेपारो घाम ताप्दो रहेछ ।।।

प्रकाशित मिति २०७७ जेठ १६

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित