काठमाडौंबाट आएका युवा कोरोना संक्रमित

  • प्रकाशित मितिः जेठ 6, 2077
  • 1484 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ६–हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीका २० वर्षीय युवामा कोरोना पुष्टि भएको छ । धरानको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानले जेठ ५ गते संक्रमित भएको पुष्टि भएको हो ।
यी युवा बैशाख १२ गते काठमाडौंबाट आएका थिए । एउटा सार्वजनिक बसमा करिब ५५–६० जनाको भिडमा उभिएर आएका थिए । उनी आएपछि १४ दिनसम्म होम क्वारेन्टाइनमा बसेका थिए । त्यसपछि गत बैशाख २ गते पीसीआरका लागि स्वाब सङ्कलन गरेर धरान पठाएपछि उनी बाहिर निस्किएका थिए । त्यसपछि जेठ ३ गते स्थानीय युवाहरुसंग पानी ट्याङ्की र पोखरी सफा गरेको खुलेको छ । यसबाहेक गाउ“मा भएका पितृ कार्यमा समेत संलग्न भएको, गाउ“ डुलेको खुलेको छ ।
गत बैशाख १० देखि १२ गतेसम्म हलेसी तुवाचुङ नगरपालिकाले करिब साडे १३ सय जना नगरबासीलाई  ल्याएको थियो । उक्त समयमा हलेसी तुवाचुङ नगरपालिकाले जारी गरेको सूचनापछि अवसर छोपेर अन्य उक्त नगरपालिकाले व्यवस्था गरेको बसमा मिसिएर अन्य पालिकाहरुको सर्वसाधारण समेत आएका थिए । त्यति खेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक सय ११ जना, साकेला गाउ“पालिकाका ३७ जना, दिप्रुङ चुइचुम्मा गाउ“पालिकाका १६ जना र केपिलासगढी गाउ“पालिकाको एक जना पनि आएका छन् । हलेसी तुवाचुङ नगरपालिकाले बाहेक अन्य पालिकाले भने क्वारेन्टाइनमा राखेका थिए । हलेसी तुवाचुङ नगरपालिकाले भने होम क्वारेन्टाइनमा राखेको थियो ।
संक्रमित युवालाई बैशाख ५ गते रातीदेखि नै घरमै राखेर बैशाख ६ गते विराटनगरस्थित प्रादेशिक अस्पतालमा पठाउन तयारी गरिएको छ । उनीसंग सम्पर्कित ४३ जनाको स्वाब सङ्कलन गरेर विराटनगरस्थित प्रादेशिक अस्पताल पठाउन तयारी गरिएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताए । हलेसीमा जेठ  ६ गते विहान बसेको सर्वदलीय बैठकले नगरपालिकाको नाका सिल गर्ने, परीक्षणको दायरा बढाउने, आवश्यक औषधी तथा परीक्षण सामग्री माग गर्ने, नगरपालिकाभित्रका सबै सेवा प्रदायक निकाय बन्द गर्ने लगायतको निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले बताए । 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित