नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १८–कोरोना भाइरस संक्रमण नियन्त्रणमा खटिने प्रहरीलाई नेपाल निर्माण व्यवसायी संघ खोटाङले ‘खाजा–पानी’ बन्दोबस्त गरिदिएको छ । कोरोना भाइरस निमयन्त्रणमा जोखिम मोलेर रात–दिन खटिने प्रहरीलाई खाजा–पानीसम्म पाउन हम्मे भएपछि चैत १८ गते खाजा–पानी हस्तान्तरण गरिएको हो ।
विश्वभर फैलिएको कोरोना भाइरस निर्माणका लागि २४ घण्टा सडकमा खटिने प्रहरीले ‘खाजा–पानी’सम्म नपाउने भएपछि उपलब्ध गराइएको नेपाल निर्माण व्यवसायी संघ खोटाङका संरक्षक कुमार आचार्यले बताए । उपलब्ध सामग्री ड्युटीमा खटिने प्रहरी र अप्ठेरोमा परेका सर्वसाधारणलाई दिने खोटाङका प्रहरी नायव उपरीक्षक वामदेव गौतमले जनाए । नेपाल निर्माण व्यवसायी संघले ५० काटुन चाउचाउ, ५० काटुन पानी, ४० काटुन फ्रुटी र ७५ थान माक्स् उपलब्ध गराएको नेपाल निर्माण व्यवसायी संघ खोटाङका अध्यक्ष दीनेश पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित