नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २४–कोरोना भाइरस प्रकोपलाई मध्यनजर गर्दै होलीमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय खोटाङले आग्रह गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणका लागि प्रशासनले फागु पूर्णीमा (होली) मनाउने क्रममा हुने भिडभाडमा सहभागी नहुन आग्रह गरेको हो ।
प्रशासनले फागुन २३ गते सार्वजनिक सूचना जारी गरी होलीमा भिडभाड हुने र भाइरसको संक्रमणको जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो । गत फागुन २१ गते पनि सार्वजनिक सूचना जारी गर्दै प्रशासनले जात्रा, पर्व, मेला, महोत्सव, ठूला सभा समारोह नगर्न र त्यस्ता ठाउँमा भाग नलिन आग्रह गरेको थियो । प्रशासनले व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित