नमस्ते खोटाङ संवाददाता
खोटाङ, मङ्सिर १५–अज्ञात समूहद्वारा चार वटा एक्साभेटरमा आगजानी भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवा–दिक्तेल सडक खण्डमा शनिबार राती (गएराती) चार वटा एक्साभेटर आगजनी भएको हो । उक्त सडक अन्तरगत चखेवा–दिक्तेल सडक खण्ड कालोपत्रेका काम गरिरहेको गोल्डेन गुड जेबी कन्ट्रक्सनको स्काभेटरमा आगजनी भएको उक्त निर्माण कम्पनी सम्बद्ध साङगे सेर्पाले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाडा“को लप्सेखोला र पंखुखोलाबीचमा राखिएका तीन वटा र चखेवाभन्ज्याङबाट दुई किलोमिटर भोजपुरतर्फ राखिएको एक वटा स्काभेटर जलाई दिएको सेर्पाले सुनाए । राती करिब १२–१ बजेतिर अज्ञात समूहले जलाएको प्रोजेक्ट म्यानेजर हिमाल पौडेलले बताए । उनका अनुसार पेट्रोल हालेर एक्साभेटर जलाएकाले पूर्ण रुपमा नष्ट भएको छ । त्यसमा संलग्नको खोजी सुरु गरिएको खोटाङका डिएसपी बामदेव गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित