चाडबाडलाई लक्षित गरी खोटाङमा यातायात भाडादर निर्धारण, कुन ठाउँमा कति भाडा लाग्छ ?

  • प्रकाशित मितिः असोज 19, 2083
  • 57 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १९–चाडबाडलाई लक्षित गरी खोटाङमा यातायात भाडादर निर्धारण गरिएको छ । असोज १९ गते खोटाङका प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको अध्यक्षतामा बसेको स्थानीय यातायात व्यवस्थापन समितिको बैठकले विभिन्न ठाउँको भाडा दर निर्धारण गरेको हो ।
यसअन्तरगत बस, मिनीबस, आइसमा यात्रा गर्दा रत्नपार्क कारागार १७ रूपैयाँ, रत्नपार्क मुढे ४७ रूपैयाँ, रत्नपार्क हुर्लुङ ६२ रूपैयाँ, रत्नपार्क पानीट्याङकी ७३ रूपैयाँ, रत्नपार्क नुनथला चौकी ८४ रूपैयाँ, रत्नपार्क महुरे ९५रूपैयाँ, रत्नपार्क विजुले एक सय २९ रूपैयाँ, रत्नपार्क अर्खौले एक सय ३५ रूपैयाँ, रत्नपार्क हलेसी दुई सय १२ रूपैयाँ, रत्नपार्क छापडाडाँ दुई सय ४५ रूपैयाँ, रत्नपार्क खोक्सेली तीन सय ७ रूपैयाँ, रत्नपार्क बोझेओढार तीन सय २४ रूपैयाँ, रत्नपार्क च्यास्मिटार तीन सय ३० रूपैयाँ, रत्नपार्क कदुवाभन्ज्याङ तीन सय ४० रूपैयाँ, रत्नपार्क जयरामघाट तीन सय ७४ रूपैयाँ, रत्नपार्क हिलेपानी ४ सय १९ रूपैयाँ र रत्नपार्क घुर्मी चार सय ५२ रूपैयाँ भाडा दर निर्धारण गरिएको छ ।
त्यस्तै जयरामघाट हलेसी एक सय ८० रूपैयाँ, जयराम अर्खौले दुई सय ४५ रूपैयाँ, जयराम मुढे तीन सय ३० रूपैयाँ, जयराम कारागार ती सय ५७ रूपैयाँ, हलेसी अर्खौले ६७ रूपैयाँ, हलेसी विजुले ८४ रूपैयाँ, हलेसी नुनथला एक सय २९ रूपैयाँ, हलेसी मुढे एक सय ६८ रूपैयाँ, हलेसी कारागार एक सय ९५रूपैयाँ निर्धारण गरिएको छ । त्यसै गरी रत्नपार्क सोल्मा २३ रूपैयाँ, रत्नपार्क नेर्पा ५६ रूपैयाँ, रत्नपार्क दोर्पा थापागाउँ ८४ रूपैयाँ, रत्नपार्क बानाचुङ एक सय १२ रूपैयाँ, रत्नपार्क निर्मलीडाडाँ एक सय ५६ रूपैयाँ, रत्नपार्क सेखुवा दुई सय रूपैयाँ, रत्नपार्क खानीडाडाँ ४० रूपैयाँ र रत्नपार्क आहाले ६७ रूपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै जिप, सुमोमा यात्रा गर्दा रत्नपार्क कारागार २३ रूपैयाँ, रत्नपार्क मुढे ६१ रूपैयाँ, रत्नपार्क हुर्लुङ ८४ रूपैयाँ, रत्नपार्क पानीट्याङकी एक सय रूपैयाँ, रत्नपार्क नुनथला चौकी एक सय १५ रूपैयाँ, रत्नपार्क महुरे एक सय ३० रूपैयाँ, रत्नपार्क विजुले एक सय ७५ रूपैयाँ, रत्नपार्क अर्खौले एक सय ९९ रूपैयाँ, रत्नपार्क हलेसी दुई सय ९० रूपैयाँ, रत्नपार्क छापडाडाँ तीन सय ३५ रूपैयाँ, रत्नपार्क खोक्सेली चार सय २० रूपैयाँ, रत्नपार्क बोझेओढार चार सय ४३ रूपैयाँ, रत्नपार्क च्यास्मिटार चार सय ५० रूपैयाँ, रत्नपार्क कदुवाभन्ज्याङ चार सय ६२ रूपैयाँ, रत्नपार्क जयरामघाट पाँच सय ११ रूपैयाँ, रत्नपार्क हिलेपानी पाँच सय ७२ रूपैयाँ र रत्नपार्क घुर्मी छ सय १७ रूपैयाँ भाडा दर निर्धारण गरिएको छ ।
त्यस्तै जयरामघाट हलेसी दुई सय ४५ रूपैयाँ, जयराम अर्खौले तीन सय ३५ रूपैयाँ, जयराम मुढे चार सय ५० रूपैयाँ, जयराम कारागार चार सय ८८ रूपैयाँ, हलेसी अर्खौले ९२ रूपैयाँ, हलेसी विजुले एक सय १५ रूपैयाँ, हलेसी नुनथला एक सय ७५ रूपैयाँ, हलेसी मुढे दुई सय २९ रूपैयाँ, हलेसी कारागार दुई सय ६७ रूपैयाँ निर्धारण गरिएको छ । त्यसै गरी रत्नपार्क सोल्मा ३० रूपैयाँ, रत्नपार्क नेर्पा ७६ रूपैयाँ, रत्नपार्क दोर्पा थापागाउँ एक सय १५ रूपैयाँ, रत्नपार्क बानाचुङ एक सय ५३ रूपैयाँ, रत्नपार्क निर्मलीडाडाँ दुई सय १४ रूपैयाँ, रत्नपार्क सेखुवा दुई सय ७५ रूपैयाँ, रत्नपार्क खानीडाडाँ ५४ रूपैयाँ र रत्नपार्क आहाले ९२ रूपैयाँ निर्धारण गरिएको छ ।
यसबाहेक जिल्लाका स्थानीय तहका केन्द्रसम्मका कच्ची सडकमा बस, मिनी बस र हाइसमा प्रति किलोमिटर प्रतिव्यक्ति १३ रूपैयाँ र सुमो÷जिपको प्रतिव्यक्ति १५ रूपैयाँ भाडा दर निर्धारण हुने गरी प्रदेश यातायात व्यवस्थापन समिति समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ । अटो तथा तीन पाङ्ग्रे सवारी साधनको भाडा दर निर्धारण, सञ्चालन तथा व्यवस्थापन भने सम्वन्धित स्थानीय तहले गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित