नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १६–चाडबाडलाई लक्षित गरी दिक्तेल किरातचौकमा यात्रु सहायता कक्ष सञ्चालन यात्रु गरिएको छ । चाडबाडमा यात्रुको चाप बढ्ने भएकाले पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष असोज १६ गते स्थापना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार दिक्तेल लगायत हलेसी र जयराममा एक साथ यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो । यात्रु सहायता कक्षमा यात्रुहरूले यातायातसम्वन्धीका जुनसुकै गुनासो तथा समस्या राख्न समेत डिएसपी बुडाथोकीले आग्रह गरेका छन् । चालकले होसियार पूर्वक जिम्मेवार भएर यातायातका साधन चलाउन समेत आग्रह गरेका छन् ।
यात्रु सहायता केन्द्र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले उद्घाटन गरेका हुन् । कार्यक्रममा उपप्रमुख राई, डिएसपी बुढाथोकी, नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ खोटाङका अध्यक्ष राम हिङ्माङ लगायतले धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–जिल्ला अ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित