निर्वाचित भएको दल त्याग गरी अर्को पार्टीमा प्रवेश गर्ने उपाध्यक्षसहित ३ जनप्रतिनिधिको पद रिक्त

  • प्रकाशित मितिः असोज 1, 2083
  • 238 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १–निर्वाचित भएको दल त्याग गरी अन्य दलमा प्रवेश गर्ने तीन जनप्रतिनिधिको पद रिक्त भएको छ । तत्कालीन नेकपा एकीकृत समाजवादीको तर्फबाट निर्वाचित भएर श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने बाराहापोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई र केपिलासगढी गाउँपालिक–३ बास्पानीका वडाअध्यक्ष तुलाराज राईको पद रिक्त भएको हो ।
राईद्वयले पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेको हुन् । नेपाली कम्युनिष्ट पार्टीले राईद्वयले आफू निर्वाचित भएको दल परित्याग गरी अन्य पार्टीमा प्रवेश गरेको जानकारी गराएपछि उनीहरूको पद पनि रिक्त भएको निर्वाचन आयोगको भदौ ३० गतेको निर्णयले उक्त पद रिक्त भएको भदौ ३१ गते प्रकाशित सूचनामा उल्लेख गरिएको छ । त्यस्तै कांग्रेसको तर्फबाट उम्मेद्वार भई खोटेहाङ गाउँपालिका–३ सावाकटहरेको वडाअध्यक्षमा निर्वाचित जेफर राईले पनि पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेकाले उनको पद पनि गत भदौ २२ गतेको निर्वाचन आयोगको निर्णयले भदौ २३ गते सूचना जारी गरी खारेज भएको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित