दिक्तेल बजार अनुगमन गर्दा २५ हजार बढीको म्याद नाघेको उपभोग्य वस्तु बरामत

  • प्रकाशित मितिः भदौ 30, 2083
  • 116 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ३०–दिक्तेल बजार अनुगमन गर्दा २५ हजार बढीको म्याद नाघेको उपभोग्य वस्तु बरामत गरिएको छ । दिक्तेलको रत्नपार्कदेखि सिंचाइ गेटसम्मका २४ वटा किराना पसल भदौ ३० गते अनुगमन गर्दा २५ हजार ९ सय ८३ रूपैयाँ बराबरको विभिन्न उपभोग्य सामग्री बरामत गरिएको हो ।
मिक्स जुस, करेन्ट खुर्सानी, विस्कुट, बिरेनुन, बेसारको धुलो, डिउ, स्प्राइट, थुक्पा, पापड, टमाटर सस, चोकोपन, बेसन पिठो लगायतका ३१ प्रकारका म्याद नाघेको उपभोग्य वस्तु बरामत गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालय खोटाङका प्रमुख भेषराज खत्रीले बताए । बरामत गरिएका सामग्री जिल्ला प्रशासन कार्यालय खोटाङ परिसरमा भदा्र ३० गते नै नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित