नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ९–बेवारिसे अवस्था फेला परेको गोलिया (लकडी) डिभिजन वन कार्यालय खोटाङले बरामत गरेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँ र साकेला गाउँ बाँझेच्यानडाडाँको बीचमा पर्ने साप्सु खोलामा बेवारिसे अवस्थामा फेला परेको लकडी भदौ ८ गते बरामत गरेको हो ।
डिभिजन वन कार्यालय खोटाङका अधिकृत विनोद खतिवडाका अनुसार करिब १८–१९ सय क्युफिट लकडी बरामत गरी डिभिजन वन कार्यालय दिक्तेलमा राखिएको छ । अहिलेको बजार भाउ अनुसार करिब ९ लाख बराबरको उत्तिस, चिलाउने, मलता लगायतका काठको लकडी बरामत गरिएको हो । उक्त लकडी कसले काटेको भन्ने अहिलेसम्म खुलेको छैन । यस बारे अनुसन्धान अधिकृत तोकेर थप अनुसन्धान गर्ने खतिवडाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–जिल्ला अ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित