कृषि, पशु, उद्योग प्राथमिकतामा

  • प्रकाशित मितिः असार १७, २०७६
  • 2001 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असार १७–रावाबेसी गाउ“पालिकाले २६ करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि गाउ“सभाले २६ करोड ६७ लाख ९६ हजार बराबरको बजेट प्रस्तुत गरेको हो ।
संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान सात करोड १५ लाख, सशर्त अनुदान १२ करोड ३० लाख, राजश्व बा“डफा“ड अन्तरगतको पा“च करोड २८ लाख बजेट प्रस्ताव गरेको छ । प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ६९ लाख ८१ हजार र गाउ“पालिकाको आन्तरिक राजस्व र राजस्व बाँडफाँडतर्फको २५ लाख १५ हजारमा आधारित रहेर गाउ“पालिकाले बजेत प्रस्ताव गरेको हो ।
गाउ“पालिकाकी उपाध्यक्ष समला राईले सोमबार प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ पा“च करोड ३३ लाख, पू“जीगत खर्चतर्फ सात करोड ३५ लाख १५ हजार र विषयगत शाखाका राष्ट्रसेवक कर्मचारी, शिक्षक÷शिक्षिकाको तलब, भत्ता लगायत अन्य कार्यक्रमका लागि १२ करोड ३० लाख प्रस्ताव गरिएको छ ।
आर्थिक विकास अन्तर्गत पर्ने कृषि, पशु, उधोग, पर्यटन र सहकारी क्षेत्रको लागि एक करोड ६४ हजार, सामाजिक विकास अन्तर्गत पर्ने शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, संस्कृति प्रर्वद्धन, लैङ्गीक समानता तथा सामाजिक समावेसीकरण तथा अन्यका लागि ९८ लाख ३० हजार पा“च सय, पूर्वाधार विकास अन्तगत पर्ने सडक, सिंचाइ, भवन तथा सहरी विकास, उर्जा र विद्युतका लागि तीन करोड ५१ लाख ९ विनियोजन गरेको उपाध्यक्ष राईले सुनाइन् ।
यस्तै सुशासन तथा संस्थागत विकास अन्तर्गत ३५ लाख १० हजार नौ सय, वडागत विकास निर्माण योजनाका लागि एक करोड ५० लाख प्रस्ताव गरिएको छ । संघीय सरकारबाट प्राप्त हुने प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान, स्थानीय साझेदारी विकास कार्यक्रम, निर्वाचन क्षेत्र विकास कार्यक्रम, गरिवसंग विश्वेश्वर, विषेश अनुदान अन्तरगत सामुदायिक विकास कार्यक्रमका लागि प्राप्त हुने अनुदान, हेल्भिटास, बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगतको अनुदान रकमको अख्तियारी प्राप्त भएपछि खर्च गरिने राईले बताइन् ।
यसबाहेक सामाजिक सुरक्षा भत्ता वापत नेपाल सरकारबाट अनुदान प्राप्त हुने र उक्त कार्यक्रममा खर्च हुने उपाध्यक्ष राईले जनाइन् । यस्तै अन्य संघसंस्थाबाट प्राप्त योजना तथा बजेट रकमको अख्तियारी प्राप्त भएपछि खर्च गरिने छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित