सविना अछामे–
खोटाङ, जेठ ६–खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि दमकका प्रकाशचन्द्र नेपालले चुमेका छन् । तेश्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवको अवसरमा आयोजित जेठ ६ गते सम्पन्न प्रतियोगितामा नेपालले उपाधि चुमेका हुन् ।
त्यस्तै भारत सिक्किमका राहुल गुरुङ दोश्रो र सिक्किमकै थेण्डुप तामाङ तेश्रो भएका छन् । प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । त्यसैगरी ताप्लेजुङका ङिमा शेर्पा चौथो र झापाका सुशान्त दाहाल पाँचौं भएका छन् । उनीहरूले क्रमशः ८ हजार र ७ हजार नगद, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै दोलखाका कविन्द्र सिवाकोटी छैटौं, दिक्तेलका रिदिप केसी सातौं, विराटनगरका उमेश राई आठौं, हलेसीका मेजर राई नऔं र बुइपाका धिरेन राई १० औं भएका छन् । उनीहरूले जनही पाँच हजार नगद सहित मेडल र प्रमाणपत्र पाएका छन् ।
त्यसैगरी कोशी प्रदेश प्रथम खोटाङका खिलराज राई, दोश्रोमा नेर्पाका हरिभक्त राई घोषित भएका छन् । उनीहरूले क्रमशः पाँच हजार र चार हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । जालपाका बमबहादुर राई खोटाङ प्रथम, जालपाकै ज्ञानबहादुर श्रेष्ठ खोटाङ दोश्रो र नेर्पाका प्रभुराम राई खोटाङ तेश्रो भएका छन् । उनीहरूले जनही क्रमशः ४ हजार, ३ हजार र २ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
त्यस्तै नुनथलाका निसान राई दिक्तेल रूपाकोट मझुवागढी नगर प्रथम र दिक्तेल क्याम्पसका मिनकुमार दाहाल दोश्रो भएका छन् । उनीहरूले क्रमशः ३ हजार र २ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको बुद्धिचाल संघ खोटाङका सचिव लक्ष्मीप्रसाद खनालले बताएका छन् ।
त्यसैगरी विधागततर्फ फिमेल टपमा दिक्तेल इङ्लिस बोर्डिङ स्कुलकी गौरी सिंह, अण्डरेटेड टपमा पञ्च माविका नवीन ठाकुर र भेट्रान्समा धरानका चुडामणि कुलुङ राईले जनही क्रमशः ५ हजार र ४÷४ हजार नगद सहित मेडल र प्रमाणपत्र पाएका छन् । १८०० मुनि रेङिकङ टपमा काठमाडौंका डिबी कार्की, अण्डर–१६ मा दिक्तेलका कमल राजभण्डारी र अण्डर–१४ मा दिक्तेल बोर्डिङ स्कुलका निराजन सिंह घोषित भएका छन् । उनीहरूले जनही ३ हजार नगद, मेडल र प्रमाणपत्र पाएको खनालले सुनाएका छन् । उक्त खेलको आयोजना नेपाल खेलकुद प्रतिष्ठान र बुद्धिचाल संघ खोटाङको संयोजनमा भएको हो । उक्त प्रतियोगितामा ५१ खेलाडी सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, जेठ ६–खुला राष्ट्रिय बुद्ध�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ६–नेपाल पत्�... ... ...
सविना अछामे–खोटाङ, जेठ ३–तेश्रो बृहत खोटाङ हले... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २–नेपाल पत्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३१–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित