साबन बनाउने तालिम सम्पन्न

  • प्रकाशित मितिः असार १४, २०७६
  • 1994 पटक पढिएको
  • संवादताता

भूमिका न्यौपाने-
खोटाङ, असार १४–खोटेहाङ गाउ“पालिका–४ वडाका दियालेमा साबुन बनाउने तालिम सम्पन्न भएको छ । खोटेहाङ गाउ“पालिकाले दलित युवाहरुलाई आत्मनिर्भर बनाउन यो तालिम सञ्चालन गरेको हो ।
तालिममा ११ जना युवा सहभागी थिए । असार १४ गते सम्पन्न तालिम १५ दिनअघि सुरु भएको थियो । तालिमको सहजीकरण ज्ञानकुमार राईले गरेका थिए । कार्यक्रमको समापनमा वडा नं–४ का वडाअध्यक्ष किर्तन राईले दलित समुदायलाई आत्म निर्भर बनाउ“न यो तालिम आयोजना गरिएको बताए । यसका लागि थप पहल गरिने राईले बताए । उक्त तालिमका लागि गाउ“पालिकाले दुई लाख २० हजार बजेट विनियोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित