नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ६–विभिन्न ७ सूत्रीय घोषणापत्र जारी गर्दै जैविक विविधता रेडपाण्डा तथा थार अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । गत बैशाख ४ गते दिक्तेलको सरस्वती माविमा सुरु सम्मेलनले वन, वातावरण, जैविक विविधताको संरक्षण गर्दै जलवायु परिवर्तनका असर न्युनीकरण गर्ने लगायतका विषय समेटी घोषणापत्र जारी गर्दै बैशाख ६ गते समापन भएको हो ।
स्थानीय समुदायको सहभागितामा वन जंगल, बाँस–निगालो, खर्क, खोला–खोल्सी, ताल–तलैया, जडिबुटी, पोखरी र जैविक मार्गको पुनस्र्थापना तथा दिगो व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहको नेतृत्वमा लोपोन्मुख प्रजाति रेडपाण्डा र थारको संरक्षणलाई उच्च प्राथमिकतामा राखी सहभागितामुलक विशेष संरक्षण नमूना कार्यक्रम सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै प्रकृति र संस्कृति बीचको अन्तरसम्वन्धलाई सुदृढीकरण गर्दै किरात संस्कृति तथा मुन्दुमी सभ्यताको संरक्षण एबम् प्रबद्र्धन, मुन्दुम टे«लसंग जोड्न रेडपाण्डा–थार पदमार्ग तथा अन्य ऐतिहासिक सांस्कृतिक पदमार्गहरूको विकास, स्थानीय गाइड प्रशिक्षण तथा समुदायमा आधारित होमस्टे कार्यक्रम सञ्चालन गरी पर्यापर्यटन प्रबद्र्धन गर्ने उल्लेख गरिएको छ ।
परम्परागत ज्ञान, सीप र अभ्यासहरूलाई आधुनिक प्रविधिसंग संयोजन गर्दै प्रकृतिमा आधारित समाधानका उपायहरूको अबलम्बन गरी जलवायु परिवर्तन र विपद्का जोखिम न्युनीकरण गर्ने, बाँदर लगायत समस्यामा आएका जंगली जनावारको पहिचान गरी पूर्व सूचना प्रणाली, उपयुक्त छेकबार, समुदायमा आधारित बीमा एबम् क्षतिपूर्ति प्रणाली, वन्यजन्तुबाट कम हानी नोक्सानी खेतीबाली तथा सामुदायिक द्रुत प्रतिकार्य टोली स्थापना गरी मानव वन्यजन्तु द्वन्द्व कमी गर्दै सह–अस्तित्व कायम गर्ने घोषणापत्रमा उल्लेख छ ।
शैक्षिक तथा अनुसन्धान मुलक संघ–संस्थाहरूको सहकार्यमा पहिचान भएका वन्यजन्तुको अनुगमन तथा आहार–विहारसम्वन्धी प्रभावकारी अध्ययन अनुसन्धान गर्दै हिमाली जैविक विविधताको संरक्षण, सम्बद्र्धन र ज्ञान अभिबृद्धि गर्ने र संरक्षणका कार्यक्रमरू सञ्चालन गर्न संघ, प्रदेश, स्थानीय सरकार, संरक्षण साझेदार, राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र र अन्य सरोकारवाला निकायहरूसंग सहकार्य गर्ने उल्लेख छ ।
सम्मेलनमा भारत, बङ्गलादेश, अष्ट्रेलिया, जर्मन, अमेरिका तथा नेपालमा पर्यावरणसम्वन्धी काम गरिरहेका विज्ञहरूले ३० वटा कार्यपत्र प्रस्तुत गरी ७ बुदे घोषणापत्र जारी गरिएको त्रिभूवन विश्वविद्यालयका प्रा.डा. राजेश राईले बताएका छन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौं, वन तथा भू–संरक्षण विभाग काठमाडौं, राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौं, त्रिभूवन विश्व विद्यालयको आयोजनामा उक्त कार्यक्रम भएको हो । सम्मेलनको उद्घाटन कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गरेका थिए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), काठमाडौं विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, अन्तरिक्ष प्रतिष्ठान नेपाल, बायो टेक्नोलोजी सोसाइटी अफ नेपाल लगायत २ दर्जन बढी राष्ट्रिय–अन्तर्राष्ट्रिय संघ–संस्थामा आबद्ध एक सय ५० जना सहभागिता रहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित