सविना अछामे–
खोटाङ, चैत ७–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजना चैत ६ गते सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ६ सय १९ जनाले सेवा पाएका छन् । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. काठमाडौँ र गरिमा विकास बैंकसंगको सहकार्यमा दिक्तेलस्थित जिल्ला आयुर्वेद अस्पतालमा भएको २ दिने स्वास्थ्य शिविरमा जिल्लाका विभिन्न स्थानीय तहका ६ सय १९ जनाले नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाएका हुन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यका अनुसार विभिन्न रोगबाट विरामी परेकाहरूलाई विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइएको हो । उक्त शिविरमा सामान्य सर्जरी, स्त्री रोग, महिलाको पाठेघरमा हुने क्यान्सर, हाडजोर्नी, दन्त चिकित्सा, मनोरोग र चर्मरोग सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको आचार्यले सुनाएका छन् । शिविरमा ओम हस्टिल एण्ड रिसर्च सेन्टरका प्रमुख चिकित्सक डा. आनन्दप्रसाद श्रेष्ठसहित ३८ जनाको विशेषज्ञ टोलीले सेवा दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५—अटो दुर�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४—दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित