साकेला गाउँपालिकामा ४ दिनदेखि विद्युत अबरुद्ध

  • प्रकाशित मितिः चैत 5, 2082
  • 250 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, चैत ५–साकेला गाउँपालिकामा ४ दिनदेखि विद्युत अवरुद्ध हुदा अन्धकारमा बस्नु पर्ने वाध्यता आइपरेको छ । गत चैत २ गतेको हावाहुरीले विद्युतको मेनलाइनमा क्षति पु¥याएपछि अबरुद्ध विद्युत मर्मत भइनसक्दा अन्धकारमा बस्नु पर्ने वाध्यता आइपरेको हो ।
लिच्किराम्चेको बाघेढुङ्गा शव स्टेसनदेखि साकेला गाउँपालिकासम्मको मेनलाइन र शाखा लाइनमा समेत हावाहुरीले क्षति पु¥याएपछि २ हजार ३ सय १८ घरपरिवार अन्धकारमा बस्न वाध्य हुनु परेको साकेला गाउँपालिकाका सूचना प्रविधि शाखाका प्रमुख डिएम चाम्लिङले बताएका छन् । उक्त पालिकामा विद्युत मर्मत भइरहेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्राविधिक प्रमुख रामकुमार श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित