खोटाङमा ११ उम्मेद्वारको जमानत जफत

  • प्रकाशित मितिः फागुन २५, २०८२
  • 430 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २५—प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खोटाङमा ११ उम्मेद्वारको जमानत जफत भएको छ । मुलुकमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रुद्र गिरी लगायत ११ जनाको जमानत जफत भएको हो ।
जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रवीन मगरका अनुसार रास्वपाका उम्मेद्वार गिरी लगायत राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक तामाङ, जनता समाजवादी पार्टीका राकेश राई, नेपाल कम्युनिष्ट पार्टी माओवादीका चन्द्रबहादुर बुढाथोकी, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङ, मङ्गोल नेश्नल अर्गनाइजेसनका प्रयाग राई, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकाल, मितेरी पार्टीका केसरमान चाम्लिङ र स्वतन्त्र उम्मेद्वारद्वय तिलकचन्द्र राई तथा राजकुमार राईको धरौटी जफत भएको हो ।
धरौटी जफत हुने उम्मेद्वारहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले ५ हजार ७ सय ४, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईले ९ सय ४७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक तामाङले ४ सय ७७, जनता समाजवादी पार्टीका राकेश राईले ३ सय ३७, नेपाल कम्युनिष्ट पार्टी माओवादीका चन्द्रबहादुर बुढाथोकीले १ सय ८२, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङले १ सय ११, स्वतन्त्र उम्मेद्वार तिलकचन्द्र राईले ४३, मङ्गोल नेश्नल अर्गनाइजेसनका प्रयाग राईले ३२, स्वतन्त्र उम्मेद्वार राजकुमार राईले २७, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले २६ र मितेरी पार्टीका केसरमान चाम्लिङले २६ मत ल्याएका थिए ।
उनीहरूले खसेको सदर मतको १० प्रतिशत मत नल्याएकाले धरौटी जफत भएको मगरले सुनाएका छन् । धरौटी जफत नहुनका लागि ५ हजार ८ सय ३८ ल्याउनु पर्ने थियो ।
खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेद्वार आरेन राईले १६ हजार ६ सय १२, एमालेका देवबिक्रम राईले १२ हजार ७ सय १४, कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५७ र नेपाली कम्युनिष्ट पार्टीका हरि रोकाले ९ हजार ४ सय ४३ ल्याएका थिए ।
जिल्लामा ६२ हजार ५ सय ७७ मत खसेकोमा ५८ हजार ६सय ३८ मत सदर भएको थियो भने ३ हजार ९ सय २८ बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित