खोटाङमा ४३ प्रतिशत मत खस्यो, कांग्रेसका केन्द्रीय सदस्य र पूर्व मन्त्री भोट हाल्दै आएनन्

  • प्रकाशित मितिः फागुन २१, २०८२
  • 375 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २१—खोटाङमा ४३ प्रतिशत मत खसेको छ । ३० हजार ३५ महिला र ३३ हजार पुरुष गरी ६३ हजार ३५ मत खसेको हो ।
मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीका अनुसार जिल्लाभरका एक ३६ मतदानस्थलकै मतपेटिका ल्याउने काम भइरहेको छ । फागुन २२ गते विहान १० बजेसम्म सबै मतपेटिका सङ्कलन भइसक्ने र त्यसपछि सर्वदलीय बैठक राखेर मतगणना सुरु हुने पराजुलीले सुनाएका छन् । शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जनाएकी छन् ।
। नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार डा. हरि रोकाले दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँ ओख्रेस्थित महेन्द्रोदय माविको ख केन्द्रमा मतदान गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेद्वार वीरकाजी राईले केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पत्करु आधारभूत विद्यालय केन्द्रमा मतदान गरेका छन् ।
नेकपा एमालेका उम्मेद्वार देवविक्रम राईले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित सहयोगी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रुद्र गिरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित स्वरस्वती मावि मतदान केनद्रमा मतदान गरेका छन् । श्रम संस्कृति पार्टीका उम्मेद्वार आरेन राईले केपिलासगढी गाउँपालिका–१ फेदीस्थित गोरी पन्चकन्या आधारभूत विद्यालयमा मतदान गरेका छन् ।
कांग्रेसका केन्द्रीय र पूर्व मन्त्री मतदानमा गर्न जिल्ला आएनन् :
कांग्रेस केन्द्रीय सदस्य सुवाशकुमार पोखरेल र पूर्व वन राज्य मन्त्री शिवकुमार पोखरेल मतदान गर्न जिल्ला आएनन् । नेताद्वय मतदान गर्न नआएपछि कांग्रेसभित्र चर्चा सुरु भएको कांग्रेस श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित