अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष राई सहित ३ दर्जन नेता कार्यकर्ता श्रम संस्कृति पार्टीमा समाहित (भिडिओ सहित)

  • प्रकाशित मितिः फागुन ११, २०८२
  • 475 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन ११–अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष निर्मल राई सहित करिब ३ दर्जन नेता–कार्यकर्ता श्रम संस्कृति पार्टीमा समाहित भएका छन् । फागुन ११ गते श्रम संस्कृति पार्टी खोटाङको दिक्तेलस्थित कार्यालयमा आयोजित कार्यक्रममा प्रवेश गरेका हुन् ।
श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईका अनुसार राई सहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेका वडाअध्यक्ष मुगाधन राई, जनता समाजवादी पार्टीका नेता पिके खम्बु लगायत विभिन्न ३७ जना नेता–कार्यकर्ता समाहित भएका हुन् । उक्त कार्यक्रममा कांग्रेस खोटाङ क्षेत्र नं २ का पूर्व क्षेत्रीय सभापति विष्णुराज राई समेत श्रम संस्कृति पार्टीमा प्रवेश गरेको राईले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित