जेन–जी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका एक जना खोटाङमा पक्राउ

  • प्रकाशित मितिः पुस २८, २०८२
  • 299 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २८–जेन–जी आन्दोलनका क्रममा जगन्नाथदेवल सुन्धारा कारागारबाट फरार एक जना खोटाङमा पक्राउ परेका छन् । अपहरण तथा शरिर बन्धक मुद्दाका १३ वर्ष कैद सजायको फैसला भएका दोलखा गौरीशंकर गाउँपालिका–७ का ३९ वर्षीय रुद्रबहादुर खत्री हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाडाँबाट पुस २८ गते पक्राउ परेका हुन् ।
जेन–जी आन्दोलनको क्रममा साउन २४ गते भागेका खत्री भुम्जुडाडाँस्थित आफ्नै छोरीको घरमा लुकिछिपी बसेको सूचनाको आधारमा पुस २८ गते दिउसो दुई बजे पक्राउ गरी दिक्तेल ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले बताएका छन् । उनका अनुसार खत्रीलाई खोटाङ कारागारमा बुझाइने मिश्रले सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित