नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १–धरानका मेयर हर्क साम्पाङ टिमले कात्तिक १ गते दिक्तेल बजारमा सरसफाइ गरेको छ । दिक्तेलको रमितेडाडाँबाट सुरु भएको सरसफाइ हाटडाडाँ पुगेर समापन गरेको हो ।
उक्त सरसफाइ अभियानमा नेपाल प्रहरी, स्थानीय लगायतको समेत सहभागिता थियो । समयअनुसार श्रम संस्कृतिको विकास गर्ने उद्देश्यले पार्टीको जन्म भएको र यसले समग्र मुलुकको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हर्क साम्पाङ टिमका जिल्ला संयोजक प्रताप राईको दाबी छ । हर्क साम्पाङले देश निर्माणका लागि अभियान सुरु गरिसकेको र श्रम मार्फत धरान नगर नमूनाको रूपमा विकास भइसकेकाले खोटाङ पनि श्रम मार्फतै निर्माण गर्न अभियानमा जुटेको राईको भनाइ छ । ‘हर्क साम्पाङको विचार र अभियान धरानमा सफल भइसकेको छ, यसको माध्यमबाट समग्र मुलुकको विकास गर्न सकिन्छ भन्ने उद्देश्यले श्रम संस्कृति पार्टीको जन्म भइसकेको छ’ राईले भने–‘अब खोटाङ पनि यो पार्टीको जन्म भएको छ भन्ने जानकारी गराउन यो अभियान सञ्चालन गरिएको हो ।’
माटोसंग मिलेर काम गर्नु पर्नुको विकल्प नरहेकाले काम गरेपछि मात्र मुलुक समृद्ध बन्ने भएकाले श्रमदान अभियानमा जुटेको हर्क साम्पाङ टिमकी खोटाङ जिल्ला सहइन्चार्ज उमा चाम्लिङले बताएकी छन् । ‘हामी श्रममा विश्वास गर्छौ, मेहनतमा समर्पण हुन्छौं’ चाम्लिङले भनिन्–‘त्यही भएर माटोसंग मिलेर काम गर्छौ, यसको विकल्प पनि छैन, काम गरे मात्र मुलुकको समृद्ध बन्छ भन्ने हाम्रो धारणा छ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५—अटो दुर�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४—दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित