नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २३–सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई भदौ २३ गते ज्ञापनपत्र बुझाएको छ । सामाजिक सञ्जाल बन्दले नागरिकको मौलिक हक, विचार अभिव्यक्ति स्वतन्त्रता लगायतमाथि प्रहार भएको भन्दै यसको विरुद्धमा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ मार्फत ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिनु पर्ने, सामाजिक सञ्जालमा हुने दुरुपयोग रोक्ने तर अधिकार र लोकतन्त्र कटौति नहुने गरेर बहुअर्थि, अमूर्त प्रावधान विनाको प्रष्ट कानुनी सहितको सामाजिक सञ्जाल ऐन बृहत्तर छलफलबाट निर्माण गर्नु पर्ने उल्लेख गरिएको छ । त्यस्तै सामाजिक सञ्जाल दुरुपयोग रोक्नका लागि नीतिमा आधारित प्राविधिक र कानुनी उपायहरू अबलम्बन गर्नु पर्ने, भविष्यमा नागरिक अधिकार कुुण्ठित गर्ने कुनै पनि कदम नदोहोरिने स्पष्ट प्रतिबद्धता जनाउनु पर्ने लगायतको माग राखेर ज्ञापनपत्र बुझाइएको राष्ट्रिय स्वतन्त्र पार्टी दिक्तेल रूपाकोट मझुवागढी नगरकमिटी अध्यक्ष पर्शुराम थापा आशिषले बताएका छन् ।
सामाजिक सञ्जाल आजको डिजिटल युगमा केवल मनोञ्जन वा व्यक्तिगत प्रयोगका लागि मात्र नभई नागरिकको मौलिक हक, विचार अधिव्यक्ति, व्वयसाय, शिक्षा, अनुसन्धान र सूचना आदान–प्रदानको प्रमुख माध्यम भएकाले कुनै पनि बाहनामा यसलाई बन्द गर्ने निर्णय जनताको व्यवसाय, सम्पर्क, शिक्षा लगायत विभिन्न सेवा र हक अधिकारमाथिको प्रत्यक्ष प्रहार भएकाले उक्त कदम तत्काल फिर्ता गर्नु पर्ने राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङका सभापति मुकुन्दकृष्ण थापाद्वारा जारी ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित