नमस्ते खोटाङ संवाददाता-
खोटाङ, बैशाख २४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा हुन लागेको बालविवाह रोकिएको छ । उमेर नपुगी विवाह गरेको प्रहरीमा खबर पुगेपछि उक्त विवाह रोकिएको हो ।
सोमबार राती प्रहरीलाई बालविवाह हुन लागेको जानकारी आएपछि प्रहरी विवाहस्थल गएको थियो । प्रहरी निरीक्षक केशवकुमार कटवालका अनुसार बालविवाह हुदैछ भन्ने सूचना आएपछि विवाहस्थलमा प्रहरी खटाइएको थियो । त्यहा“ पुग्दा भोजपुर सिक्तेलबाट आएको बेहुलापक्षको जन्ती समेत फरार भइसकेका थिए ।
मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार २० वर्ष उमेर नपुगी विहे गरे बालविवाह ठहरिने छ । यसरी भएको विवाह बदर हुनका साथै कसुर गर्नेलाई तीन वर्ष कैद र तीस हजार जरिवाना हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित