नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम क्याफेले व्यवसायिक रूपमा कोदोबाट विभिन्न परिकारहरू उत्पादन सुरु गरेको छ । प्रथम राष्ट्रिय कोदो दिवसको अवसर पारेर साउन १६ गतेदेखि व्यवसायिक रूपमा कोदोका विभिन्न परिकारहरू उत्पादन सुरु गरेको हो ।
कोदोको विस्कुट, कुकिंज, केक, मःमः, सेलरोटी लगायतका विभिन्न परिकारहरू व्यवसायिक रूपमा उत्पादन सुरु गरेको क्याफेकी पार्वती विश्वकर्माले बताइन् । स्वास्थ्यका लागि कोदो उपयोगी हुने भएकाले कोदोबाट विभिन्न परिकार उत्पादन सुरु गरेको विश्वकर्माको भनाइ छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको पाँच लाख अनुदान तथा क्याफेको पाँच लाख गरी दश लाख रूपैयाँको लागतमा खरिद गरिएको उपकरणबाट विस्कुट लगायतका परिकारहरू उत्पादन सुरु गरिएको क्याफेका बाबुराम कार्कीले बताएका छन् । सुरुमा दिक्तेललाई केन्द्रित गरेर कोदोका विभिन्न परिकारहरू उत्पादन थालिएको उनले सुनाएका छन् । विस्तारै मागको आधारमा परिकारहरू विस्तार गरिने कार्कीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५—अटो दुर�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४—दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित