सविना अछामे–
खोटाङ, साउन १५–शहीद मनोज जोशी प्रतिभा पुरस्कारबाट रामबिक्रम थापा पुरस्कृत भएका छन् । ३४ औं मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नगद दश हजार सहित साउन १५ गते पुरस्कृत गरिएको हो ।
शिक्षा, कला, साहित्य, सस्कृति र सामाजिक क्षेत्रमा योग्दान पु¥याएको भन्दै २०४८ सालको कर्मचारी आन्दोलनमा समेत सहभागी थापालाई पुरस्कृत गरिएको मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताएका छन् । उक्त कर्मचारी आन्दोलनका क्रममा २०४८ साल साउन १५ गते प्रहरीको गोली लागेर शहीद मनोज जोशीले सहादत प्राप्त गरेको थिए । सरकारले २०७४ माघ २२ गते जोशीलाई शहीद घोषणा गरेको थियो ।
शहीद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा दिक्तेल बहुमुखी क्याम्पसमा फलफूलको विरुवा रोप्नुका साथै मनोजमार्गमा सरसफाइ तथा जिल्ला अस्पताल दिक्तेलमा उपचाररत विरामीहरूलाई फलफूल वितरण गरिएको थियो ।
मनोज स्मृति प्रष्ठिान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती खोटाङको संयुक्त आयोजनामा भएको श्रद्धान्जलीसभामा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, पूर्व सांसद कुलप्रसाद फुयाल, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, पेशागत संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, कर्मचारी लगायको सभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५—अटो दुर�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४—दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित