नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १४–जिल्ला ५४.६९ प्रतिशतले २०८१ को एसइइ परीक्षा उतीर्ण गरेका छन् । दुई हजार छ सय ५८ जनाले परीक्षा दिएकोमा एक हजार तीन सय ५८ जनाले उतीर्ण गरेका हुन् । एक हजार एक सय २५ जना एसइइ परीक्षा ननग्रेड भएका छन् ।
सबैभन्दा बढी बाराहापोखरी गाउँपालिकामा ८६.०४ प्रतिशतले एसइइ परीक्षा उतीर्ण गरेका छन् । उक्त गाउँपालिकाको ६ वटा माविबाट एक सय ७२ परीक्षा दिएकोमा एक सय ४८ जनाले उतीर्ण गरेको शिक्षा शाखाका विज्ञान राउतले बताएका छन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६३.४२ प्रतिशतले उतीर्ण गरेका छन् । उक्त गाउँपालिकाका १४ माविका दुई सय ९७ जनाले एसइइ दिएकोमा एक सय ६३ विद्यार्थीले उतीर्ण गरेको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताएका छन् । राईका अनुसार उक्त पालिकाको याङ्सोला माविले निल खाएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ६१.४४ प्रतिशतले एसइइ उतीर्ण गरेका छन् । २१ सामुदायिक र तीन संस्थागत गरी २४ विद्यालयका ९ सय १८ मध्ये पाँच सय ६८ जनाले उतीर्ण गरेका हुन् । दिक्तेल इङ्लिस बोर्डिङ स्कुल र माउण्ड एभरेष्ट बोर्डिङ स्कुलका सबै विद्यार्थी उतीर्ण भएका छन् । दिक्तेल इङ्लिस बोर्डिङ स्कुलका एलिहाङ राईले ३ दशमलव आठ पाँच जिपिए ल्याएर जिल्लाकै प्रथम घोषित भएका छन् । त्यस्तै उक्त स्कुलकै अनुमा दाहाल ३ दशमलव आठ चार र एलीना कार्कीले ३ दशमलव आठ चार जिपिए ल्याएर जिल्लाको दोश्रो घोषित भएको उक्त विद्यालयका प्रिन्सिपल धनकर्ण श्रेष्ठले बताएका छन् । उक्त विद्यालयबाट परीक्षा दिने ४५ मध्ये ४० जनाले ए प्लस र ५ जनाले ए ल्याएका छन् । उक्त नगरपालिकाको जालपा मावि नुनथलाले निल खाएको छ ।
साकेला गाउँपालिकामा ६१.६७ प्रतिशतले एइइ उतीर्ण गरेका छन् । उक्त पालिकाको ५ माविका ६० जनाले परीक्षा दिएको मध्ये ३७ जनाले उतीर्ण गरेका हुन् । उक्त पालिकाको राधाकृष्ण माविले निल खाएको शिक्षा शाखा प्रमुख कविराज राईले बताएका छन् ।
जन्तेढुङ्गा गाउँपालिकामा ६० प्रतिशतले उतीर्ण गरेका छन् । उक्त पालिकाको ६ वटा माविका दुई सय १७ मध्ये एक सय ३० जनाले उतीर्ण गरेको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताएका छन् ।
हलेसी तुवाचुङ नगरपालिकामा ५४.४६ प्रतिशतले उतीर्ण गरेका छन् । उक्त नगरपालिकाको १२ माविका तीन सय ५४ मध्ये एक सय ६० जनाले उतीर्ण गरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताएका छन् । हलेसी तुवाचुङमा हलेश्वर बोर्डिङ स्कुल र युमी बोर्डिङ स्कुलका शतप्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । उक्त नगरपालिकाको जनता माविले निल खाएको छ ।
त्यस्तै ऐसेलुखर्क गाउँपालिकामा ५१ प्रतिशतले उतीर्ण गरेका छन् । प्राविधिक धारका ४० मध्ये २२ जनाले र साधारण धारका एक सय ६२ मध्ये ८१ ज्नाले उतीर्ण गरेको शिक्षा शाखा अधिकृत निरकुमार बस्नेतले बताएका छन् । उक्त पालिकामा ८ वटा मावि छन् ।
खोटेहाङ गाउँपालिकामा ४३.१८ प्रतिशतले उतीर्ण गरेका छन् । उक्त पालिकाको ११ विद्यालयका दुई सय ९७ जनाले परीक्षा दिएकोमा एक सय ६३ जनाले उतीर्ण गरेको शिक्षा समितिका संयोजक तथा वडा नं ६ इन्द्रेणीपोखरीका वडाअध्यक्ष वसन्त राईले बताएका छन् ।
केपिलासगढी गाउँपालिकामा २९ प्रतिशतले उतीर्ण गरेका छन् । गाउँपालिका अध्यक्ष समीर राईका अनुसार ८ माविका एक सय ८० विद्यार्थीमध्ये ५२ जनाले एसइइ उतीर्ण गरेका हुन् । रावाबेसी गाउँपालिकाको विवरण भने आइनसकेको शिक्षा शाख प्रमुख युवराज विष्टले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित