छैटौ केएफए सुचन स्मृति दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि बाक्सिला फुटबल क्लवलाई (भिडिओ सहित)

  • प्रकाशित मितिः जेठ ११, २०८२
  • 812 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १०–छैटौ केएफए सुचन स्मृति दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि बाक्सिला फुटबल क्लवले चुमेको छ । जेठ १० गते दिक्तेल रङ्गशालामा सम्पन्न खेलमा नुनथला स्पोर्टस् क्वललाई ६–० ले पराजित गर्दै बाक्सिला फुटबल क्लवले उपाधि चुमेको हो ।
प्रतियोगिताको विजेता टिमले दुई लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता नुनथला स्पोर्टस् क्लवले एक लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
खेलमा विभिन्न खेलाडीहरूले विधागत पुरस्कार पाएका छन् । आयोजक खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नुरकाजी सैंजूका अनुसार उत्कृष्ट खेलाडीमा बाक्सिला फुटबल क्लवका पदम भट्टराई छानिएका छन् । उनले सात हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । उत्कृष्ट गोल किपरमा बाक्सिलाकै विवश चौधरी, उष्कृष्ट प्रशिक्षक बाक्सिलाकै सनम राई जोजो, उच्च गोलकर्ता बाक्सिलाकै सुजन माझी घोषित भएका छन् । उनीहरूले जनही चार हजार रूपैयाँका दरले नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै उदीयमान खेलाडीमा खोटाङ फुटबल एकेडेमीका प्रतिक खड्का छानिएका छन् । उनले दुई हजार नगद सहित, ट्रफी र प्रमाणपत्र पाएका छन् । मेनअफदी म्याच वापत बाक्सिलाका सुजन माझी नै घोषित भएका छन् । उनले एक हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
खेलको समापनमा माझी सहित दिक्तेलका रोहण परियार, पास्कल बस्नेत, एकराज बुढाथोकी, योगेश बुवई राईलाई फुटबल खेलमा विशेष योगदान पु¥याएको भन्दै सम्मान गरिएको छ । जेठ ७ गते सुरु खेलमा एक अफिसियल सहित ८ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित