खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवको दोश्रो संस्करण बैशाख १५ गतेदेखि

  • प्रकाशित मितिः चैत १०, २०८१
  • 728 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १०–खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवको दोश्रो संस्करण बैशाख १५ गतेदेखि हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजना तथा सितोरियो कराते संघको संयोजनमा उक्त महोत्सव हुने चैत १० गते पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङका सचिव मिलन कसजूका अनुसार एथ्लेटिक्स, साहित्य, ब्याडमिन्टन, बुद्धिचाल लगायत हुने भएको छ । यसअन्तरगत १५ गते एथ्लेटिक्स, १७, १८ र १९ गते ब्याडमिन्टन र बुद्धिचाल तथा २० गते साहित्यिक महोत्सव आयोजना गरिने कसजूले बताएका छन् ।
कसजूका अनुसार एथ्लेटिक्स अन्तरगत दश वर्षमुनिका छात्रछात्रा १६ सय मिटरको दौड, १२ वर्षमुनिका छात्रछात्रा दुई किलोमिटर दौड, ६० वर्षमाथिका भेट्रान्स् पुरुष तीन किलोमिटर दौड, आमाहरूको पाँच किलोमिटर दौड, १२ वर्षदेखि १५ वर्षमुनिसम्मको छात्रछात्रा सात किलोमिटर दौड, ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, बैंकर्स, शिक्षकहरूको सात किलोमिटर दौड, १५ वर्षदेखिमाथिको खुला महिला पुरुष दश किलोमिटर दौड, खुला पुरुष हाफ म्याराथन, खुला महिला हाफ म्याराथन आयोजना गरिने छ ।
दश वर्षमुनिका छात्रछात्रा १६ सय मिटरको दौडको प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः तीन हजार, दुई हजार, एक हजार नगद सहित ट्रफी, पदक र प्रमाणपत्र, १२ वर्षमुनिका छात्रछात्रा दुई किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेलाई चार हजार, तीन हजार, १५ सय नगद सहित ट्रफी, पदक र प्रमाणपत्र, ६० वर्षमाथिका भेट्रान्स् पुरुष तीन किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः पाँच हजार पाँच सय, तीन हजार पाँच सय, दुई हजार पाँच सय सहित ट्रफी पदक र प्रमाणपत्र, आमाहरूको पाँच किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रोलाई क्रमशः पाँच हजार पाँच सय, तीन हजार पाँच सय, दुई हजार पाँच सय नगद सहित ट्रफी, पदक र प्रमाणपत्र, १२ वर्षदेखि १५ वर्षमुनिसम्मको छात्रछात्रा सात किलोमिटर दौडमा प्रथम हुनेलाई सात हजार पाँच सय, ६ हजार पाँच सय, पाँच हजार पाँच सय नगद सहित ट्रफी पदक र प्रमाणपत्र, ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, बैंकर्स, शिक्षकहरूको सात किलोमिटर दौडमा प्रथम, दोश्रो, तेश्रो हुनेलाई क्रमशः १५ हजार, दश हजार, सात हजार नगद सहित ट्रफी पदक र प्रमाणपत्र, १५ वर्षदेखिमाथिको खुला महिला पुरुष दश किलोमिटर दौडमा प्रथम दोश्रो र तेश्रो हुनेलाई १५ हजार, दश हजार, सात हजार नगद सहित ट्रफी पदक र प्रमाणपत्र, खुला पुरुष हाफ म्याराथन र खुला महिला हाफ म्याराथनमा प्रथम, दोश्रो, तेश्रो, चौथो, पाँचौं, छैटौं र सातौं हुनेलाई क्रमशः ७७ हजार सात सय ७७, ५५ हजार पाँच सय ५५, पच्चीस हजार पाँच सय ५५, पन्ध्र हजार पाँच सय ५५, ११ हजार एक सय ११, सात हजार सात सय ७७, पाँच हजार पाँच सय ५५ सहित ट्रफी पदक र प्रमाणपत्र दिइने कसजूले बताएका छन् ।
त्यस्तै १५ वर्षमुनिका सिंगल पुरुष ब्याडमिन्टनमा प्रथम, दोश्रो र तेश्रो हुनेलाई सात हजार सात सय ७७, छ हजार छ सय ६६, पाँच हजार पाँच सय ५५ नगद सहित ट्रफी पदक र प्रमाणपत्र, खुला सिंगल पुरुष ब्याडमिन्टनमा प्रथम, दोश्रो र तेश्रो हुनेलाई १५ हजार पाँच सय ५५, ११ हजार एक सय ११, पाँच हजार पाँच सय ५५ नगद सहित ट्रफी पदक र प्रमाणपत्र, खुला डबल पुरुष ब्याडमिन्टनमा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः २० हजार, १५ हजार, १० हजार नगद सहित ट्रफी पदक र प्रमाणपत्र, ४५ वर्षमाथिका डबल पुरुष ब्याडमिन्टनमा र खुला मिक्स ब्याडमिन्टनमा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः ११ हजार एक सय ११, सात हजार सात सय ७७, पाँच हजार पाँच सय ५५ नगद सहित ट्रफी पदक र प्रमाणपत्र दिइने छ । खुला पुरुष बुद्धिचाल प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः ४० हजार, २५ हजार, १५ नगद सहित ट्रफी पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित