सोल्मा पुरुष फुटबल प्रतियोगिताको उपाधि हलेसीलाई (भिडिओ सहित)

  • प्रकाशित मितिः फागुन २९, २०८१
  • 699 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २९–सोल्मा पुरुष फुटबल पाँचौ संस्करणको प्रतियोगिताको उपाधि हलेसीले चुमेको छ । फागुन २९ गते सम्पन्न खेलमा दिक्तेल केएफएलाई ३–० ले पराजित गर्दै उपाधि चुमेको हो ।
विजेता टिमले एक लाख ३३ हजार तीन सय ३३ रूपैयाँ नगदको साथमा मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । त्यस्तै उपविजेता दिक्तेल केएफएले ७१ हजार एक सय ११ रूपैयाँ नगदको साथमा मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । सेमी फाइनलिष्ट आयोजक सोल्मा स्पोर्टस् क्लव र जालपाले ३५ हजार ५ सय ५५ रूपैयाँका दरले नगद ट्रफी र प्रमाणपत्र पाएका छन् ।
विधागत पुरस्कार अन्तरगत बेस्ट प्लेयर हुने हलेसीका भुवन श्रेष्ठले पाँच हजार पाँच सय ५५ रूपैयाँ नगद ट्रफी र प्रमाणपत्र पाएका छन् । बेस्ट गोलकिपरमा हलेसीका कूूसन राई, बेस्ट डिफेन्डर सोल्माका आशिष राई, बेस्ट मिडफिलडर दिक्तेल केएफएका सोइसन राई, हाइस्कोरर दिक्तेल केफएएका शैलेन्द्र बजिमय, बेस्ट कोच हलेसीका लोकेन्द्र केसी, राइजिङ प्लेयर केएफएका सुलभ भुजेल घोषित भएका छन् । उनीहरूले जनही ३ हजार ३ सय ३३ रूपैयाँका दरले नगद सहित ट्रफी र प्रमाणपत्र पाएका छन् ।
खेलकुद पत्रकारिता पुरस्कार वापत समायोजन खबरका पत्रकार चिसाङ शेर्पाले पाँच हजार पाँच सय ५५ रूपैयाँ पाएका छन् । समापन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले पुरस्कार वितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित