नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २–झाडापखालाले दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका ४ वर्षीय दिप्सन भुजेलको मृत्यु भएको छ । जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा भदौ २ गते दिउसो साढे ४ बजे मृत्यु भएको हो ।
जिल्ला अस्पतालका प्रमुख डा. रूपेश संग्रौलाका अनुसार करिब तीन बजेतिर ल्याइएको थियो । अस्पताल ल्याउदा झाडापखालाले सिकिस्त अवस्थामा रहेको डा. संग्रौलाले बताए । ‘अस्पताल ल्याउदा ढुकढुकी गइसकेको थियो, आँखाको पानी पनि फुलिसकेको थियो,’ डा. संग्रौलाले भने–‘अनेक विधि अपनाएर उपचार गर्दा पनि बचाउन सकिएन ।’
बच्चालाई केही दिनदेखि नै झाडापाखाला लागेको संग्रौलाले बताए । याम्खामा अन्य पनि झाडापखालाको विरामी भएको संग्रौला सुनाए । तर कति विरामी छन् भन्ने चाहिँ आधिकारिक जानकारी नआएको संग्रौलाले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५—अटो दुर�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४—दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित