नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २५–दिक्तेलमा नेवार समुदायको लाखे नाँच साउन २५ गते सुरु भएको छ । परापूर्व कालमा बालबच्चालाई राक्षसले खाएको र त्यसलाई परास्त गर्न राक्षसरूपी लाखे नाच्न थालिएको हो ।
लाखेमा कृष्ण लिला प्रस्तुत गरिन्छ । लाखे जात्राभरि गाईजात्रा, रोपाईजात्रा लगायतका विभिन्न नेवारी संस्कृति प्रदर्शन गरिन्छ । गठ्यमङ्गलको दिनदेखि सुरु भएर कृष्ण जन्मेको भोलिपल्ट अन्त्य हुने लाखे पछिल्लो समयमा भने जनैपूर्णीमाको दिनदेखि कृष्ण जन्मस्टमीसम्म मात्र नाचिने दिक्तेल बजार सामाजिक गुठीका कोषाध्यक्ष इन्द्र कसजुको भनाई छ । ,
लाखे जिल्लाको विभिन्न ठाउँहरूमा नाच्ने गरिन्छ । एउटै संस्कृति भए पनि लाखे प्रस्तुति भने फरक–फरक रहेको कसजुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५—अटो दुर�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४—दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित