आहा ! रुवालुङ
- प्रकाशित मितिः चैत ५, २०७५
- 1922 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत ५–धार्मिक तथा पर्यटकीय भुलभुलेबाट पदमार्गलाई पछ्याएर केही उकालो छिचोलेपछि रुवालुङ झरना पुगिन्छ । एकनासले झरिरहेको यो झरना पुग्नासाथ जो–कोहीको मन नलोभिने कुरै भएन । वरिपरि हरियाली जङ्गल, छेवैमा वनझ्याक्री गुफा । झन यसले आकर्षण थपेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा पर्ने रुवालुङ हिजोआज गन्तव्य बनेको छ । नगरपालिकाको क्रमागत योजना अन्तरगत यो आर्थिक वर्षमा छुट्याइएको दश लाख लगानीमा ढुङ्गा बिच्छ्याएर झरनासम्म पु¥याइएको हो ।
मध्यपहाडी लोकमार्गदेखि करिब एक किलोमिटर माथि रहेको उक्त भरनामा पछिल्लो समय आन्तरिक पर्यटक आउन थालेका हुन् । सङ्लो निर्मल पानी बग्ने भएकाले आन्तरिक पर्यटक अवलोकन गर्ने गरेका छन् ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करिब दश किलोमिटर पर पर्ने भुलभुलेमा सवारी साधन पार्किङ गरेर झरनासम्म पुग्न पैदल यात्रा गर्नुपर्छ । पर्यटकको संख्या बढ्दै गएपछि होटलहरु समेत बिस्तार हुदै गएको भुलभुलेमा । करिब एक सय मिटर अग्लो झरनामा बाह्रैमास पानीको मात्रा उस्तै हुने स्थानीयले बताएका छन् । गौथले र गिद्धे सामुदायिक वनको बीचमा मुहान भएको पानी झर्ने झरनामा स्नान गर्न झन ख्याल मज्जा आउ“दैन ।
गज्जावको विषय त यो झरनाको पूर्वपट्टी पौराणिक इतिहास बोकेको झा“क्रीबास गुफा रहेको छ । झरना नजिकै रहेको गुफामा पहिले वन झा“क्री बस्ने गरेको स्थानीय राजनसुर राईले बताए । ठूला पहाड र जङ्गलको बीचमा रहेको प्राकृतिक गुफामा अहिले पनि वन झा“क्रीको पूजाआजा गर्ने चलन छ । गुफामा झा“क्री पूजाआराधना गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयको भनाई छ ।
ओझेलमा परेको यो झरनामा अहिले आन्तरिक पर्यटकको आउ“न थालेपछि झरनासम्म पु¥याइएको पदमार्गलाई व्यवस्थित गर्न स्तरोन्नति गर्ने तयारी गरिएको निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले बताए । ‘अहिले निर्माण गरिएको पदमार्गलाई पर्यटकीयस्थल श्रीधन चौतारा हु“दै शिकुरी भञ्ज्याङ–हर्कटेडाडा“–बगरे भञ्ज्याङसम्म पु¥याउ“ने योजना बनाएका छौं ।’ राईले भने–‘झरना हेर्न आउने पर्यटकलाई भरपुर मनोरञ्जन दिलाउ“न र विभिन्न ठाउ“को दृष्य देख्न सकिने भएकाले पर्यटकीयस्थलहरु पदमार्ग बिस्तार गर्न लागिएको हो ।’
ठाउ“ठाउ“मा विश्रामकक्ष सहितको पदमार्ग निर्माण केहीदिनमै सुरु हुने निर्माण उपभोक्ता समितिले जनाएको छ । नगरभित्र रहेको पर्यटकीयस्थलहरुको प्रबद्र्धन विकासमा नगरपालिकाले जोड दिएको छ ।