नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, असार २०—खोटाङ सहित ७३ जिल्लामा डेङ्गु रोगको सङ्क्रमण फैलिएको स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले जनाएको छ । दैनिक पानी परिरहेकाले मुस्ताङ, डोप्ला, जुम्ला र हुम्ला बाहेकका जिल्लामा डेंगुको सङ्क्रमण बढ्न थालेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाले जनाए अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण बढ्ने आँकलन गरेको छ ।
सबभन्दा बढी काठमाडौँमा एक सय ५९ जनामा डेंगु देखिएको छ । झापामा एक सय २० र चितवनमा ८३ जनामा डेंगु सङ्क्रमण देखिएको छ । पानी सङ्कलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको जोखिम बढेको छ ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ ।
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्ने भएकाले घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिन महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५—अटो दुर�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४—दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित