कालिका भगवती मन्दिरमा बली दिन नपाइने

  • प्रकाशित मितिः माघ २८, २०७५
  • 2856 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, माघ २८–प्रशिद्ध कालिका भगवती मन्दिरमा पाठीको बली दिन नपाइने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय क्ष्ँेत्र कालिका भगवती मन्दिरमा पाठी बली चढाउ“दा असहज हुने भएकाले पर्छाएर अन्यत्रै लग्नु पर्ने व्यवस्था गरिने भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालका अनुसार धार्मिकस्थलमा बली दिनु उपयुक्त नभएको र अन्यत्र मौलो बनाएर पाठीको बली दिने व्यवस्था मिलाइने छ । ‘धर्मको नाममा अबोध बाठीको बिभत्स रुपमा बली चढाइने र त्यसले भावनामा समेत ठेस लाग्ने भएकाले बन्द गराइने भएको हो ।’ प्रमुख रिजालले भने–‘यसले धार्मिक तथा पर्यटकीय क्ष्ँेत्रमा आउनेका लागि पनि राम्रो गर्दैन, त्यसैले अन्यत्रै मौलो बनाएर पाठीको बध गर्ने व्यवस्था मिलाउन लागिएको हो ।’
यसका लागि छिट्टै निर्णय गरेर कार्यान्वयन गर्ने रिजालले सुनाए । कपितयले विरोध गरे पनि बली प्रथा रोक्ने भन्दा पनि व्यवस्थापन गर्न लागिएको रिजालले बताए । यहा“ वार्षिक हजारौ पाठीको बली दिने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित