लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी पूरा

  • प्रकाशित मितिः माघ १७, २०७५
  • 1889 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १७–लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । भोलि र पर्सी अर्थात् माघ १८ र १९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा हुने लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी पूरा भएको आयोजकले जनाएको हो ।
उत्सव मुल आयोजक समितिका संयोजक तथा वडा न–१२ का वडा अध्यक्ष विकाश राईका अनुसार मञ्च व्यवस्थापन, हुच्चीलको स्तम्भ, लोपोन्मुख सांस्कृतिक कार्यक्रमहरु संगीनी, बालन, लाखे, डम्खुसेलो, साकेला, लोपोन्मुख खेलहरु गिर, लाथ्रो काट्ने लगायतको तयारी सकिएको छ । बिजुली–पानी, होटल लगायतको व्यवस्थापन, हुच्चील तथा लाटकोसेरोको अस्थायी संग्रहालय निर्माण पूरा भएको छ । सडक तथा यातायात व्यवस्थापनको काम पनि लगभग सकिएको संयोजक राईले सुनँए ।
प्रकृतिको साथी र वडा कार्यालय जालपाको आयोजनामा हुने उक्त उत्सवमा स्थानीय उत्पादनका स्टलहरु समेत तयारी गरिएको छ । उत्सवको करिब छ हजार देशी–विदेशीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । उत्सवको पहिलो दिन चरा अवलोकन, प्रकृतिको फोटो खिच्ने, लाटकोसेरोसम्वन्धी लघुम्युजियम प्रदर्शनी, घिर गाडे, झुलोचक्मक, खाथ्रो काट्ने लगायतका लोपोन्मुख स्थानीय खेलहरुको प्रतियोगिता हुने छ ।
त्यस दिन राती लाटकोसेरोसम्वन्धी भिडियो तथा स्लाइड प्रस्तुत गरिने छन् । उत्सवको दोश्रो दिन संस्कृति संरक्षण अन्तरगत स्थानीय डम्फु, सेलो, साकेला, मारुनी, संगीनी, बालन, सडक नाटक, हाक्पारे, स्थानीय बाजाहरु (मुर्चुङ्गो, पीपीरी, यलम्बर, मादल, बासुरी) प्रदर्शन गरिने छ । त्यस दिन वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुले लाटकोसेरोसम्वन्धी ना“च प्रस्तुत गर्ने संयोजक राईले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित